
फाइल तस्वीर
१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुदृढ भएको बताएका छन् । बिहीबार आयोजित राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले तरलतामा सुधार आएको बताए ।
‘ब्याजदरको दबाब कम हुन लागेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । मुद्रास्फीति घट्दो क्रममा छन्’ गभर्नर अधिकारीले भने । आयात घट्दा सरकारी वित्तमा भने दबाब परेको उनले बताए ।
पछिल्लो समय बैकहरूको कर्जा असुलीमा दबाब परेको भएपनि वित्तीय क्षेत्र सुरक्षित रहेको, पूँजीकोष पर्याप्त रहको र जोखिम नरहेको उनले बताए । बाह्य कारणले भने मूल्यमा दबाब कायम नै रहेको उनले बताए ।
नेपाली अर्थतन्त्र आयात र रेमिट्यान्सन्मा निर्भर रहेकोले विश्व अर्थतन्त्रमा देखिएको दबाबको सामना गर्दै अगाडि बढ्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4