+
+

अयोग्य लडाकुलाई २ लाख दिने निर्णयको विरोधमा अनेरास्ववियुको प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०८० वैशाख १४ गते १८:११

१४ वैशाख, काठमाडौं । माओवादीका अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले त्रिचन्द्र र आरआर क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत चैतमा अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको थियो । जस अनुसार गृह मन्त्रालयले कार्यविधि नै तयार गरिसकेको छ ।

५ मंसिर २०६३ को विस्तृत शान्ति सम्झौतापछि माओवादी लडाकू र हतियार व्यवस्थापनका लागि संयुक्त राष्ट्रयसंघीय मिसन (अनमिन) नेपाल आएको थियो । उसले १९ हजार ६०२ जना लडाकूहरुलाई प्रमाणीकरण गरेको थियो ।

४ हजार ९ जनालाई ‘मापदण्डमा नपरेको’ भनी अलग गरेको थियो । अयोग्य ठहरिएका तिनै लडाकुहरुलाई राहत दिने सरकारले निर्णयको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले माओवादीले यसअघि लडाकुका लागि लिएको रकमको हिसाब सार्वजनिक नगरेको, देशमा आर्थिक संकट बढ्दै जाँदा पनि त्यसलाई बेवास्ता गरेर आफ्ना कार्यकर्ता पोस्न लागेको भन्दै विरोध जनाएका छन् ।

हेर्नुहोस् विरोध प्रदर्शनका तस्वीरहरू :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?