+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘बालबालिकासम्बन्धी विवरणको विश्लेषण गरेर खण्डीकृत तथ्यांक निकालिनेछ’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १२:०१

काठमाडौं । राष्ट्रिय जनगणना-२०७८ को बालबालिकासम्बन्धी नतिजाको विश्लेषण र अध्ययनसहित विभिन्न खण्डीकृत तथ्यांक सार्वजनिक गरिने भएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रिय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले विभागले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय अभ्यास मापन हुनेगरी गरेको राष्ट्रिय जनगणनाको नतिजालाई आवश्यकताको आधारमा पुनः अध्ययन र विश्लेषण गर्न सकिने बताए ।

उनले बालबालिकाको क्षेत्रमा उमेर, प्रदेशगत, बालश्रम, एकल आमा, बुवा, परिवारका सदस्यसँग रहने लगायत तथ्यांक लिइएपनि यस क्षेत्रको वृहत्तर विकासका लागि कार्यक्रम बनाउन सजिलो हुनेगरी तथ्यांक निकाल्ने कार्य गरिने जानकारी दिए ।

२०७८ सालको जनगणनामा बालबालिकाको क्षेत्रको जनगणनाका लागि अभियानको पहलमा १४ प्रश्न राख्नुपर्ने सुझाव दिंदा १२ वटा प्रश्नावलीमा समावेश हुनुलाई सफलता मानेको सिजपका अध्यक्ष राजेश शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?