+
+

महावीर पुनको आन्दोलनमा गोविन्द केसीको ऐक्यवद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १३:११

१७ वैशाख, काठमाडौं । महावीर पुनको आन्दोलनमा डा. गोविन्द केसीले पनि ऐक्यवद्धता जनाएका छन् । शुक्रबारदेखि महावीर पुनले माइतीघरमा सुरु गरेको आन्दोलनमा आइतबार गोविन्द केसी पनि पुगेका हुन् ।

महावीर पुनले आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनी र उनका समर्थक राति पनि माइतीघरमै बास बसेर आन्दोलन जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?