+
+

२०२५ मा विन्डोज १० बन्द हुने, यसरी अपडेट गर्नुस् विन्डोज ११

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १०:४५

माइक्रोसफ्टले विन्डोज १० 22H2 संस्करण नै यो अपरेटिङ सिस्टमको अन्तिम संस्करण हुने जनाएको छ । त्योसँगै विन्डोज १० मा मुख्य अपडेटका साथै सेक्योरिटी प्याच र बक फिक्स पनि उपलब्ध हुनेछैन ।

आगामी सन् २०२५ को अक्टोबर १४ देखि विन्डोज १० लाई बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको हो ।

त्यसैले विन्डोज १० का प्रयोगकर्तालाई विन्डोज ११ तर्फ जानका लागि पनि माइक्रोसफ्टले अनुरोध गरेको छ । विन्डोज ११ मा नयाँ इन्टरफेससँगै विभिन्न नयाँ फिचरहरु उपलब्ध छन् ।

विन्डोज १० प्रयोगकर्ताले कसरी विन्डोज ११ मा अपडेट गर्ने ?

विन्डोज ११ अपरेटिंग सिस्टम चल्नका लागि कम्प्युटर सिस्टममा केही आधारभूत क्षमता आवश्यक पर्दछ । साथै कम्प्युटरमा विन्डोज ११ इन्स्टलर फाइल डाउनलोड गर्नका लागि पर्याप्त फास्ट इन्टरनेटको पहुँच आवश्यक हुनेछ भने कम्प्युटरमा विन्डोज ११ इन्स्टल गर्नका लागि पर्याप्त फ्री स्पेस पनि हुनुपर्नेछ । विन्डोज ११ इन्स्टल गर्नका लागि कम्प्युटरमा आवश्यक पर्ने अन्य फिचरमा :

  • १ गिगाहर्ज वा त्यसभन्दा फास्ट, ६४ बिट र टू कोर वा त्यसभन्दा क्षमतावान प्रोसेसर
  •  ४ गिगाबाइट वा त्यसभन्दा धेरै मेमोरी
  •  ६४ गिगाबाइट वा त्यसभन्दा धेरै स्टोरेज
  •  System firmware : UE“I, Secure Boot capable
  • TPM : TPM version 2.0
  • Graphics card: Compatible with DirectX 12 or later with WDDM 2.0 driver
  • डिस्प्ले High definition (720p) 9” diagonally भन्दा ठूलो
  • Internet connection, Microsoft account : Windows 11 Home edition तथा केही फिचरका लागि आवश्यक

यदि तपाईंको पर्सनल कम्प्युटर विन्डोज ११ चल्दैन भने तपाईंले विन्डोज ११ चल्ने बनाउनका लागि हार्डवेयर अपडेट गर्नुपर्ने वा कम्प्युटर नै परिवर्तन गर्नुपर्ने हुन्छ । यदि तपाईंको कम्प्युटर विन्डोज ११ का लागि compatible छ भने विन्डोज ११ इन्स्टल गर्नका लागिः

  •  Start मा क्लिक गरी Settings मा जानुहोस्
  •  Update and Security मा क्लिक गर्नुहोस् र त्यसपछि Windows Update  मा क्लिक गर्नुहोस्
  •  त्यसपछि उपलब्ध अपडेट हेर्नुहोस्

यदि तपाइँको कम्प्युटरमा विन्जोड अपग्रेड उपलब्ध भएमा र तपाइँले त्यसलाई डाउनलोड तथा इन्स्टल गर्न सक्नुहुन्छ । यदि विन्डोज अपडेट त्यहाँ उपलब्ध छैन भने माइक्रोसफ्टको वेबसाइटमा गएर Windows Media Creation tool डाउनलोड गर्नुहोस् र त्यसको प्रयोग गरी आफ्नो कम्प्युटरमा विन्डोज ११ इन्स्टल गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?