
१८ वैशाख, काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी नागरिक जिम ह्वाइटेकरको सम्झजनामा नेपालस्थित अमेरिकी राजदूतावासले विविध कार्यक्रम गरी मनाएको छ ।
ह्वाइटेकरको सम्झनामा दूतावासले नेपास्थित अमेरिकी राजदूत डीन. आर. थम्पसनले उक्त क्षेत्रमा आयोजित विभिन्न कार्यक्रममा सहभागीता जनाएका छन् ।
पहिलो अमेरिकी आरोही ह्वाटेकरले सगरमाथा आरोहण गरेको ६०औँ वर्ष पुगेको अवसरमा अमेरिकी दूतावासले खुम्बु, नाम्चेलगायत क्षेत्रमा आयोजित विविध कार्यक्रममा राजदूत थम्पसनले भाग लिँदै त्यहाँ रहेका शेर्पा समुदाय, जनप्रतिनीधी, व्यवसायी र स्थानियसँग छलफल गरेका छन् ।
राजदूत थम्पसनले स्थानीय समुदाय, व्यवसायी नेताहरू र ट्रेकिङ सञ्चालकहरूसँग र समुदाय र व्यवसायहरूमा जलवायु परिवर्तनको प्रभावबारे छलफल गरेका छन् । साथै, उनले यो बिषयमा अमेरिकाको पनि चाँसो रहेको र नेपाल सरकारले गरेको प्रयासमा सहभागी हुने बताए ।
आजभन्दा ६० वर्षअघि जिम ह्वाइटेकर सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी बनेका थिए । यसै अवसरमा आयोजित कार्यक्रममा बोल्दै राजदूत थम्पसनले भने, ‘म आज खुम्बु भ्रमण गर्दैछु र स्थानीय समुदाय, व्यवसायी, अमेरिका–नेपाल मैत्री अभियान टोली र युवाहरुसँग भेट गर्नेछु । साथै, प्रख्यात हिमालको अवलोकन पनि गर्नेछु ।’
राजदूत थम्पसनले स्थानीय समुदायसँगै बसेर पासाङ्गल्हामु पर्वतारोहण प्रतिष्ठानद्वारा निर्मित माउन्ट एभरेष्ट आरोहण गर्ने पहिलो नेपाली महिलाको वृत्तचित्र “पासाङः इन द स्याडो अफ एभरेस्ट“ पनि हेरेका छन् ।
एनले उक्त वृत्तचित्रले निकै मन छोएको भन्दै, सबैको आ–आफनै सगरमाथा हुने र त्यतातर्फको यात्रा तय गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल आरोहण अभियान टोली का दुई सदस्यहरूले राजदूतलाई मित्रताको झण्डा हस्तान्तरण गरेका थिए । सोही क्रममा राजदूतले साहासिक पर्यटन व्यवसाय संचालकहरूसंग खुम्बुको पर्यटनको अवस्थाबारे छलफल गरेका थिए ।
नाम्चेमा मा राजदूतलाई खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पा लगाएत जनप्रतिनिधी र स्थानीयले स्वागत गरेका थिए ।
प्रतिक्रिया 4