
हिमपहिरोको फाइल तस्वीर
१९ वैशाख, काठमाडौं। दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेका छन् ।
प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीका अनुसार एक जना घाइते भएका छन् । हिम पहिरोमा परेर ८ जना वेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाका अनुसार हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली जाँदै गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4