+
+
Shares

माओवादीको व्यवहारले मर्माहत भएका छौं : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते ९:३१

२० वैशाख, सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माओवादीको व्यवहारले मर्माहत भएको बताएका छन् । सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै मर्माहत भएको बताएका हुन् ।

‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उनले अघि भने, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’

खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति जनाए । कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने अध्यक्ष नेपालले चेतावनी समेत दिए ।

माओवादी अध्यक्ष प्रचण्ड, प्रदेशका नेताहरुलाई सम्बोधन गर्दै उनले भने, ‘ प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन ।’

उनले माओवादीको व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने बताए । यस्तै खालका प्रवृत्तिहरु हुर्किंदै जाँदा गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको उनको भनाइ छ ।

तर, उनले यो मर्मको पीडा मात्र भएको बताउँदै गठबन्धनप्रति शंका गर्नुपर्ने कुरा नरहेको बताए । कर्णालीका कार्यकर्तालाई परेको पीडालाई समेत सम्बोधन गर्ने हिसाबले आफूले यो अभिव्यक्ति प्रकट गरेको उनको भनाइ छ ।

‘गठबन्धनप्रति शंका गर्नुपर्ने कुरा छैन । यहाँका कार्यकर्ताहरुलाई समेत परेको पीडालाई समेत सम्बोधन गर्ने हिसाबले प्रकट गरिहालें मैले,’ उनले भने, ‘प्रकट गरिसकेपछि पीडा र वेदना कति छ भन्ने कुरा बुझ्ने, मनलाई पनि शान्ति प्राप्ति हुने भएकाले यो प्रणालीबाट शान्ति प्राप्त गरी अब म काठमाडौंतर्फ प्रस्थान गर्ने छु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?