+
+

आर्टिफिसियल इन्टेलिजेन्सका जन्मदाताले गुगल छाडे

एजेन्सी एजेन्सी
२०८० वैशाख २० गते ११:३०

जेफ्री हिन्टनको नाम तपाईंले सायदै सुन्नुभएको छ होला । वास्तवमा अहिलेको प्रविधि जगतमा सर्वाधिक चर्चाको विषय बनिरहेको आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिका जनक मानिन्छन् हिन्टन ।

आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा उनको नामको निकै चर्चा हुने गर्दछ । तिनै ७५ वर्षीय हिन्टनले गुगल कम्पनीबाट राजीनामा दिएको विषय पनि अहिले चर्चाको विषय बनेको छ ।

हिन्टनले केवल गुगलबाट राजीनामा दिएर मात्र चर्चा कमाएका होइनन् । आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा केही गुह्य कुरा पनि उनले गरेका छन् । उनले आर्टिफिसियल इन्टेलिजेन्सका केही खतराहरुका बारेमा सचेत गराएका छन् ।

गुगलबाट राजीनामा दिँदै हिन्टनले आफ्नो कामप्रति पश्चाताप पनि व्यक्त गरेका छन् । उनले एआई च्याटबटका विषयमा केही डरलाग्दा खतराहरुको बारेमा पनि चर्चा गरेका छन् । उनले भनेका छन् – जहाँसम्म मैले भन्न सक्छु कि हालसम्म आर्टिफिसियल इन्टेलिजेन्स मानिसभन्दा धेरै बुद्धिमान छैन । तर मलाई के लाग्छ भने छिटै नै यो हामीभन्दा बुद्धिमान हुनेछ ।

किन भनिन्छ गडफादर ?

डाक्टर हिन्टनले गरेको डिप लर्निंग तथा न्यूरल नेटवर्क विषयको अनुसन्धानले नै आजको लोकपि्रय आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीको विकास सम्भव भएको हो । च्याट जिपिटीजस्ता लोकपि्रय एआई च्याटबट सम्मको मार्ग हिन्टनले नै पत्ता लगाएका थिए । उनले एक अन्तरवार्तामा भनेका छन् कि च्याटबटले छिटै नै मानिसको मस्तिष्कमा हुने जानकारीको स्तरलाई पार गर्नेछ ।

उनले भनेका छन्- अहिले हामी च्याट जिपिटी ४ जस्ता चिज देखिरहेका छौँ, जो सामान्य ज्ञानको मामिलामा कुनै सामान्य मानिसलाई माथ खुवाउन सक्दछन् । यद्यपि यो तर्कको मामिलामा उतिसारो उत्कृष्ट छैन तथापि यसले सामान्य तर्क भने गरिरहेको छ । यसको प्रगतिको दरलाई हेर्दा के विश्वास गर्न सकिन्छ भने यो प्रविधि तिव्र रुपमा अझै उन्नत हुनेछ । त्यसलै हामीले यसको बारेमा चिन्ता गर्नु आवश्यक छ ।

डर के कुराको ?

न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्ट अनुसार डाक्टर हिन्टनले खराब कर्ताहरुको बारेमा चर्चा गरेका छन् जसले खराब कामका लागि एआईको प्रयोग गर्दछन् । कुनैदिन कोही खराब व्यक्तिले आफ्नो लक्ष्य सिर्जना गर्ने क्षमता रोबोटलाई दियो भने के होला भन्ने चिन्ता उनको छ ।

भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स रोबोटहरुले आफुलाई अझै धेरै शक्तिशाली बनाउने उप लक्ष्य आफै सेट गर्न सक्नेछन् ।

उनका अनुसार डिजिटल सिस्टममा एउटै चिजका धेरै कपीहरु बनाउन सकिने र ती सबैले एउटै समयमा फरक फरक कुरा सिक्न सक्ने भएको हुनाले च्याटबटले कुनै एक मानिसले भन्दा धेरै कुरा जान्नेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?