+
+

दाङमा करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते ८:०५

२१ वैशाख, दाङ । दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका- १२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन् ।

बुधबार बेलुका ६ बजे  तुलसीपुर उपमहागरपालिका-६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड फेर्ने क्रममा बिकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको गौतमले बताए ।  मृतक बिक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आएका थिए ।

त्यस्तै करेन्ट लागेर पुथा उत्तरगंगा गाउँपालिकाका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालका-४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन् ।

उनीहरु दुवै जनाको उपचार बाँकेको नेपालगंजस्थित नरसिंह होममा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?