+
+

दाङमा एउटै मञ्चमा ४३ स्रष्टाहरू सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १९:४७

२२ वैशाख, दाङ। दाङमा एउटै मंचमा चार दर्जन स्रष्टाहरु पुरस्कृत एव सम्मानित भएका छन् ।

राप्ती साहित्य परिषद्को ४६ औं स्थापना दिवसको अवसरमा साहित्यका विभिन्न विधामा योगदान पु¥याउने ४३ जना सष्टाहरुलाई शुक्रबार सम्मान एवं पुरस्कृत गरिएको हो । पुरस्कृत हुने बृहत साहित्यिक समारोहकाबीच गरेर नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।

कार्यक्रममा राप्ती साहित्य पुरस्कार २०७८ बाट पद्मप्रसाद शर्मा (दाङ) र २०७९ बाट खेमराज शर्मा (रोल्पा) पुरस्कृत भएका छन् । विष्णु-नुमा पुरस्कार २०७९ बाट बालस्रष्टा लक्ष्मी सुवेदी (रोल्पा), दीलसरी दल अतिरिक्त पुरस्कार २०७९ बाट शशीराम कार्की (रुकुम पश्चिम), नन्दहरि पुरस्कार २०७८ बाट प्रदीपराज श्रेष्ठ (दाङ) र २०७९ बाट प्रकाशचन्द्र घिमिरे (दाङ), डोमादेवी साहित्य पुरस्कार २०७८ बाट जीतबहादुर शाह (सल्यान) र २०७९ बाट बुद्धिप्रकाश शर्मा (सल्यान) र ऋषिलक्ष्मी साहित्य पुरस्कार २०७९ बाट रामचन्द्र श्रेष्ठ (रोल्पा)लाई प्रदान गरिएको छ ।

यसैगरी पद्मा-कुल हास्यव्यङग्य पुरस्कार २०७८ कमल गाउँले (दाङ), देवीचन्द्र साहित्य पुरस्कार २०७८ कमल पोख्रेल (प्युठान) र २०७९ केवी मसाल (दाङ), अपा–मुकुन्द प्रज्ञा पुरस्कार २०७८ दामोदर पौडेल (दाङ) र २०७९ वसन्तविवश आचार्य (दाङ), गोपालचन्द्र प्रज्ञा पुरस्कार २०७८ भेषराज पौडेल (दाङ) र २०७९ गोविन्दमधुर आचार्य (दाङ), गोमा देवकोटा स्मृति कला पुरस्कार २०७८ चाहना झाँक्री (दाङ) र २०७९ शान्ता वली (दाङ), हरिप्रसाद पाण्डेय मीना पाण्डेय कला साहित्य पुरस्कार २०७८ बुद्धिप्रकाश धिताल (दाङ) र २०७९ कृष्ण गिरी (दाङ), खोविलाल हुकुमादेवी छन्द पुरस्कार २०७८ पिताम्बर रिजाल (दाङ) र २०७९ धनसिंह गिरी (दाङ) लाई प्रदान गरिएको छ ।

त्यसैगरी परिषदले पद्मप्रसाद-रुपसा प्रज्ञा पुरस्कार २०७८ ज्ञानेन्द्र स्वर्णकार (दाङ) र २०७९ प्रकाशप्रिय कुसुम्या (दाङ), पण्डित कपिलमुनि भक्तकुमारी पुरस्कार २०७९ दलबहादुर बस्नेत (दाङ), तिलका–तुल्सीराम स्मृति पुरस्कार २०७८ डा.जनार्दन आचार्य (बाँके) र २०७९ वीरेन्द्र शाही (सल्यान), चक्रपाणि लक्ष्मी लोकेश्वरी छन्द पुरस्कार २०७८ श्रवण नेपाली (दाङ) र २०७९ वीणा रोका (दाङ), नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार २०७८ कविता उपाध्याय (रोल्पा) र वसन्त वली ‘वसन्ती’ (दाङ), चन्द्र–मधु गीत संगीत पुरस्कार २०७८ लिलावती बुढा (सल्यान) र २०७९ घनश्याम केसी (दाङ), ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार २०७८ खगराज न्यौपाने (दाङ) र २०७९ प्रमोद धिताल (दाङ), प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार २०७८ हरिप्रसाद भण्डारी (गुल्मी) र २०७९ भुवन देवकोटा (दाङ), श्रीबहादुर दिलमाया साहित्य पुरस्कार २०७८ धर्मबहादुर बुढा (रुकुम पूर्व) र २०७९ लक्ष्मी मगर (प्युठान), टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार २०७८ चन्द्र शर्मा (दाङ) र २०७९ खगेन्द्र गिरी (बाँके) लाई प्रदान गरिएको छ ।

राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदाशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सस्कृत विश्वविद्यालय बेलझुण्डीका उपकुलपति यादवप्रकाश लामिछाने र राप्ती साहित्य परिषद्का सस्थापक अध्यक्ष एवं प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मालगायतले पुरस्कृत स्रष्ठाहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?