+
+

सडक आश्रित मानवमुक्त नेपाल बनाउन प्रयत्न गर्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १२:५६

२३ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् ।

शनिबार बिहान काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका उनले त्यसलाई निरन्तरता दिन र अझ उचाइमा पुर्‍याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आज/भोलि नै गराउने पनि बताए ।

उनले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मासात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा संचालनमा ल्याइ राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

मानवीय सेवा महान सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रुपमा पनि लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताए ।

उनले मानवीय सेवाको काममा सबैले साथ, सहयोग र सम्मान गर्नुपर्ने स्मरण गराए । त्यस अवसरमा आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरुले अवको २ वर्षभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?