+
+

एमालेले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १४:१४

२४ वैशाख, काठमाडौं । नेकपा एमालेले २८ वैशाखमा झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने भएको छ । यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै सारेको हो ।

संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

४ मंसिरको आम चुनावपछि बस्न लागेको यो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक हो । उक्त बैठकमा चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियानबारे छलफल हुने नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटी बैठकअघि सोमबार केन्द्रीय कार्यालयको र मंगलबार सचिवालयको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?