+
+
Shares

सौरेगैराको पानीले मेटाउँदै रानीपाटीको तिर्खा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १०:३३

२५ वैशाख, पाल्पा । बर्सेनि खानेपानीको समस्या झेल्दै आएको पाल्पाको रिब्दीकोटको रानीपाटीले अव भने सहजरुपमा तिर्खा मेटाउने भएको छ । गाउँपालिका तथा क्रिया फाउन्डेसन र पिडा नामक गैरसरकारीसंस्थाको साझेदारीमा स्थापित लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएपछि पिउने पानीकै लागि भौतिरिनुपर्ने १ सय घर परिवारलाई अब राहत भएको छ ।

रानीपाटीमा विगतमा धौरे गैरे मुहानबाट ल्याएको पानी, खान तथा अन्य घरायसी प्रयोजनलाई पर्याप्त थिएन, ७२ सालको भुकम्प तथा जलवायु परिवर्तनका सरले सो मुहान सुक्दै गयो । २०१८ सालदेखि स्थानीयबासिन्दाको तिर्खा मेटाउँदै आएको खानेपानीको मुहान नै सुकेपछि स्थानीयमा चिन्ता थपिँदै गएको थियो ।

गाउँबाट डेढ किलोमिटरको दुरीमा रहेको पानीको मुहानै सुक्दा चिन्तित स्थानीयले अन्य वैकल्पिक विधि पनि प्रयोग गरेका थिए । समस्या सामाधानका लागि स्थानीयले वर्खायामको पानी संकलन गरेर सुख्खा याममा प्रयोग गर्ने तरिका पनि अपनाए । तर दैनिक ३ हजार लिटर पानी आपूर्तिको मूल सुकेको अवस्थामा यो वैकल्पिक विधिले कम गरेन । सिंचाइ र पशुपालन त परै खानेपानी समेत नपाएर बसाइ नै सर्नुपर्ने वाध्यताको निकट उनीहरु पुगेका थिए ।

सक्नेले ट्यांकरबाटै पानी किनेर गुजारा चलाउनु पर्ने वाध्यतामा उनीहरु पुगेका थिए । अवस्था जटिल बन्दै गएपछि स्थानीय निकाय तथा समुदायको पहलमा खानेपानीको लिफ्ट परियोजनाका पहिचान गरिपछि गाउँपालिका र क्रिया फाउन्डेसन नामक गैरसरकारी संस्थाको सहकार्यमा यो आयोजना बनाउन थालिएको हो । सो परियोजनाबाट रानीटारीका १ सय घरघुरीलाई दैनिक न्यूनतम २ सय लिटर पानी उपलब्घ गराउने छ ।

वडा नं. ४ का वडाअध्यक्ष सोमबहादुर कार्कीका अनुसार गाउँपालिकाले निर्माण थालेको आयोजनामा गैरसरकारी संस्थाको साथ दिएपछि आयोजना सञ्चालनको अन्तिम तयारीमा पुगिएको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष माधव ढकालका अनुसार सो आयोजनाका लागि बनाइएको ट्यांकी र पुरानो धौरे गैरा खानेपानी आयोजनाको ट्यांकीलाई अन्तरआवद्ध गर्ने र पुरानै वितरण प्रणालीमार्फत सवै घरमा पानी पुर्‍याइने छ । ‘सौरेगैराको पानीले हामीलाई असाध्यै सहज बनाएको छ,’ उनले भने, ‘सो पानी अब पुरानो वितरणसञ्जालमै जोड्ने गरी ट्यांकीमा जोड्ने काम बाँकी छ, त्यसपछि घरघरमा पर्याप्त पानी पुर्‍याउने छौं ।’

यसले खानेपानी पशु चौपाया र करेसा सिंचाइका लागि पर्याप्त हुने स्थानीयबासिन्दाको अपेक्षा छ । खानेपानी आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरणले सहुलियत दरको विद्युत् उपलब्ध गराएको छ । सौरागैरा खानेपानी व्यवस्थापन समितिले अहिले आयोजनाको सञ्चालनको जिम्मेवारी पाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?