
News Summary
Generated by OK AI. Editorially reviewed.- नगर विकास कोषले दाङ तुल्सीपुरको अमृतपुर खानेपानी आयोजना निर्माणका लागि ऋण सम्झौता गरेको छ।
- यस योजनाले २२ हजारभन्दा बढी जनसंख्यालाई २४ घण्टा खानेपानी सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
- आयोजनाको कुल लागतको ७० प्रतिशत नेपाल सरकारबाट अनुदान, २५ प्रतिशत कोषबाट ऋण र ५ प्रतिशत उपभोक्ता संस्थाबाट आउनेछ।
३० वैशाख, काठमाडौं । नगर विकास कोषले सहलगानी तथा साझेदारी नीति अनुसार दाङ तुल्सीपुरको अमृतपुर सहलगानी खानेपानी आयोजना निर्माण गर्न ऋण सम्झौता गरेको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजनाका लागि दिएको ठेक्काको लागत २३ करोड ६५ लाख ३९ हजारको २५ प्रतिशतले हुने रकम ५ करोड ९१ लाख ३४ हजार ७ सय ५० रुपैयाँ कोषबाट ऋण लगानीका लागि सम्झौता भएको हो ।
नगर विकास कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डित र अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष चन्द्रकान्त शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा तुल्सीपुर उपमहानगरपालिका नगर कार्यपालिका प्रमुख टिकाराम खड्काले जमानतकर्ताका रूपमा हस्ताक्षर गरेका छन् ।
२२ हजार बढी जनसंख्यालाई खानेपानी सेवा
तुल्सीपुर उपमहानगरपालिकाका वडा नम्बर ३, ८ र ९ सेवा क्षेत्र रहेको उक्त आयोजनाका लागि कूल लागतको नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट बेहोरिने छ ।
आयोजना निर्माणपछि ४ हजार ९ सय १४ घरधुरीका २२ हजार ५ सय ९६ जनसंख्यालाई चौबिसै घण्टा खानेपानी सेवा पुर्याउने लक्ष्य छ ।
प्रतिक्रिया 4