
२५ वैशाख, काठमाडौं । सेयर बजार लगातार घट्दै गएको छ । अर्थतन्त्र मन्दीमा गएको तथ्यांकहरु प्रकाशित भएसँगै सेयर बजार घट्दो क्रममा देखिएको हो । गत बिहीबार दोहोर अंकले बढेर बन्द भएको सेयर बजार परिसूचक नेप्से आइतबार १९ अंकले गिरावट भएकोमा सोमबार लगातार दोस्रो दिन पनि दोहोरो अंकको गिरावट भएको छ ।
सोमबार सेयर बजार परिसूचक नेप्से १६.९३ अंकले गिरावट भएर १८३३.६९ अंकमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । सोमबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.४४ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.८९ प्रतिशत र जिवन बीमा उपसूचक १.३१ प्रतिशतले गिरावट भएको छ । यस्तै निर्जीवन बीमा उपसूचक १.२५ प्रतिशत र वित्त कम्पनी उपसूचक १.१९ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएको छ । आइतबार करिब ६१ करोडमा सीमित भएको कारोबार सोमबार बढेर ८२ करोडमा पुगेको छ । सोमबार नेप्सेमा २५ हजार ५८८ वटा कारोबारमा २८ लाख १० हजार ६२७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८२ करोड ४२ लाखको कारोबार भएको छ ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३ करोड ८७ लाखको कारोबार हुँदा हिमाल दोलखा हाइड्रोपावरको २ करोड २६ लाख र हिमालयन डिस्टलरीको २ करोड २० लाखको कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये वीन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.०५ प्रतिशतले वृद्धि हुँदा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ६.०८ प्रतिशतले वृद्धि भएको छ ।
यता इस्टन हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा शिवश्री हाइड्रोपावरको सेयरमूल्य ६.३७ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ५.९३ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया 4