
२५ वैशाख, धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका-४ को सुन्सेरामा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । बीओपीको सोमबार विधिवत रुपमा उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेड क्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) डम्बर बिष्टकाअनुसार बैद्यनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) किरण ढुंगाना, ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र प्रजिअ किरण जोशीले बीओपीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक(सई) त्रिभुवन विष्टको नेतृत्वमा २० जनाको टोली खटाइएको छ । यो सँगै दार्चुलाको सीमा क्षेत्रमा बीओपीको संख्या चार पुगेको छ ।
केही महिना अघि सशस्त्र प्रहरीले मालिकार्जुन गाउँपालिका-६ को बाँकु र ब्याँस गाउँपालिका-२ को मालघाटमा झोलुङ्गे पुल सुरक्षा पोष्ट पनि स्थापना गरेको एसपी बिष्टले बताए ।
उनका अनुसार ब्याँस गाउँपालिका-१ को तिङकरमा स्थापना गर्नेगरी थप एउटा बीओपी स्वीकृत भएकाले चाडै स्थापना गर्ने तयारी सशस्त्र प्रहरीको छ ।
प्रतिक्रिया 4