+
+

पञ्जावविरुद्ध कोलकाता रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते ७:०२

२६ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पन्जाब किंग्सलाई पाँच विकेटले पराजित गरेको छ ।

आन्द्रे रसेल र रिंकु सिंहले आक्रमक ब्याटिङ गरेपछि कोलकाताले पञ्जावमाथि अन्तिम बलमा रोमाञ्चक जित निकालेको हो ।

पन्जाबले दिएको १८० रनको लक्ष्य कोलकाताले  अन्तिम बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताका लागि कप्तान नितिश रानाले ३८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए ।

आन्द्र रसेलले २३ बलमा ३ चौका र ३ छक्काको मदतमा ४२ तथा ओपनर जेसन रोयले २४ बलमा ३८ रन बनाए ।

रिंकु सिंहले १० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रनमा अविजित रहे । रिंकुले अन्तिम बलमा छक्का प्रहार गर्दै कोलकाताको जित पक्का गरेका थिए ।

पन्जाबका लागि राहुल चहरले २ तथा हरप्रित ब्रार र नाथन एलिसले समान एक विकेट लिए ।

त्यसअघि कोलकाताको घरेलु मैदान एडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान शिखर धवनले ४७ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५७ रन बनाए ।

जितेश शर्माले २१ रन बनाए भने साहरुख खानले ८ बलमा अविजित २१ रन जोडे ।

कोलकाताका लागि वरुण चक्रवतीले ३ तथा हर्षित रानाले २ विकेट लिए । सुयश शर्मा र कप्तान नितिश रानाले समान एक विकेट लिए ।

यस जितपछि कोलकाताले सिजनको पहिलो खेलमै पञ्जावसँग बेहोरेको हारको बदलासमेत लिएको छ । साथै शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।

११ खेलमा पाँच जित र ६ हारको नतिजापछि १० अंक जोडेको कोलकाता पाँचौ स्थानमा उक्लेको छ ।

११ खेलबाट कोलकाता समान अंक रहेको पञ्जाव सातौं स्थानमा छ । दुवैले अब लिगमा समान तीन खेल खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?