+
+

कर्मचारीले २/३ प्रतिशत ‘साइनिङ मनि’ लिन्छन् : देवेन्द्र दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते ११:३५

२६ वैशाख, काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले भ्रष्टाचार न्यूनीकरणका लागि के-के गर्ने हो त्यसबारे सरकारको प्रतिबद्धता माग गरेका छन् ।

राष्ट्रिय सभामा जारी प्रि-बजेट छलफलमा भाग लिँदै उनले भ्रष्टाचार कसरी हुन्छ भन्ने थाहा पाएर त्यस अनुसार अगाडि जानुपर्नेमा जोड दिए । ‘कर्मचारी र ठेकेदारको मिलेमत्तोमा भ्रष्टाचार हुँदा रहेछ । यसमा नेताहरु पनि मुछिन्छन् होला’ उनले भने ।

हस्ताक्षर गर्दा कर्मचारीले ‘साइनिङ मनि’ लिने प्रवृति रहेको उनको टिप्पणी छ । ‘…कर्मचारीले सचिवले साइनिङ मनि लिने, दुई प्रतिशत, तीन प्रतिशत कति हुन्छ त्यो गोजीमा हालिहाल्ने,’ उनी थप्छन्, ‘ठेकेदारले मोबिलाइजेनशको रकम लिने । त्यो रकम अरु नै काममा लगाउने । यो भएपछि आयोजना लथालिंग हुन्छ । अगाडि बढ्दैन । वर्षौंदेखि यो क्रम बढिरहेको छ ।’

यसरी विभिन्न माध्यमबाट भ्रष्टाचारको पुलिन्दा थपिंदै गइरहको उल्लेख गर्दै उनले सरकारलाई भ्रष्टाचार न्युनीकरणमा प्रष्ट हुन आग्रह गरे ।

बजेटले दलाल पुँजीपतिलाई हेर्छ कि गरिबलाई हेर्छ भनेर प्रष्ट हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?