+
+

पिसाब फेर्न निस्किएका पराजुली मृत अवस्थामा भेटिए

रासस रासस
२०८० वैशाख २६ गते १३:१८

२६ वैशाख, ताप्लेजुङ। पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता भएका झापाअर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली मृत अवस्थामा भेटिएका छन् ।

पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मानसिकरुपमा सामान्य अस्वस्थ रहेका ६० वर्षीय पराजुली मंगलबार बिहान मृत अवस्थामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

एसपी लिम्बुका अनुसार भरियामार्फत मन्दिर जाँदै गर्दा बीचबाटोमै पिसाब फेर्न भन्दै निस्किएका पराजुली उक्त समयदेखि नै बेपत्ता भएका थिए । पिसाब फेर्न निस्किएका पराजुली लामो समयसम्म नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीको टोली खोजीमा लागेको थियो ।

झापाबाट गत १९ गते श्रीमति, छोरा, बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीस्थित होटलमा बसेर बिहान भरियामार्फत मन्दिरतर्फ गएका थिए ।

पराजुलीको शव कानुनी प्रक्रिया पूरा गरेर निकाल्ने तयारी भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?