+
+

आईपीएलमा बेंगलोरलाई हराउँदै मुम्बई तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते ६:००

२७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।

छैटौं जितपछि ११ खेलबाट १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा उक्लेको छ र प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ । पराजित बेंगलोर ११ खेलबाट १० अंकसहित सातौं स्थानमा छ ।

घरेलु मैदान वाङखडे स्टेडियममा सूर्य कुमार यादव र नेहाल वाडेराले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बईले २०० रनको लक्ष्य १६.३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

सूर्य कुमारले ३५ बल खेल्दै ७ चौका र ६ छक्का मद्दतमा सर्वाधिक ८३ रन बनाए । नेहालले अविजित ५२ रन बनाउने क्रममा ३४ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर इशन कसनले २१ बलमा ४२ रन जोडे ।

बेंगलोरका वानिन्दु हसरंगा र विजकुमार वैशाखले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

बेंगलोरका लागि ग्लेन म्याक्सवेल र कप्तान फाप डु प्लेसिसले अर्धशतक प्रहार गरे । म्याक्सवेलले ३३ बल खेल्दै ८ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६८ रन बनाए । डु प्लेसिसले ४१ बलमा ६५ रन जोडे ।

१६ रनमै दुई विकेट गुमाएको बेंगलोरका लागि म्याक्सवेल र डु प्लेसिसले १२० रनको साझेदारी गरेका थिए । दिनेश कार्तिकले ३० रन बनाए ।

मुम्बईका लागि ज्यासन बेहरनडोर्फले ३ तथा क्यामरुन ग्रीन, क्रिस जोर्डन र कुमार मार्थिकेयाले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?