 
																			२७ वैशाख, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २ सय र तेजावी सुनको मूल्य १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने २१ वैशाखयता स्थिर छ । बुधबार चाँदी प्रतितोला १ हजार ४४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4