+
+

प्रशासनिक खर्च घटाउने अर्थमन्त्री महतको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १८:३६

२७ वैशाख, काठमाडौं। अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने घोषणा गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् ।

‘अब हामीले खर्च कम गर्ने ठाउँ कहाँ छ ? प्रशसनिक लागत जुन छ त्यसलाई कम गर्ने लक्ष्य छ । बजेटमा अझ स्पष्टसँग भनौंला’ उनले भने ।

जहाँ जुन खर्च नगरेर पनि काम चल्छ त्यहाँ खर्च नगर्ने सरकारको नीति हुने उनले बताए । यही नीति अनुसार चल्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्ने उनले बताए । ‘अनावश्यक ठाउँमा खर्च नगर्ने, गाडी नकिन्ने । त्यसैले (पुरानैले) चलाउने’ उनले भनेका छन् ।

पछिल्ला केही वर्षहरुमा अनावश्यक भवन बनाउने प्रतिस्पर्धा चलेको उल्लेख गर्दै वर्तमान सरकारले यसलाई ख्याल गर्ने बताए ।

‘हामीले बिल्डिङ बनाउने प्रतिस्पर्धा नै गरेछौं । ठूला-ठूला बनायौं । स्रोत साधन हैसियतभन्दा चर्को, अरबौं अरबको। आवश्यकताभन्दा कैयौं गुणा ठूलो बिल्डिङ बनाउन लागेछौं। यस्तो खाले खर्च यसपटक अति आवश्यक भए मात्रै गर्नेछौं ‘ अर्थमन्त्री महतले भनेका छन् ।

सरकारले स्रोत र साधन अनुसारको काम गर्ने उनको भनाइ छ । ‘घाँटी हेरेर हाड निल्ने भन्छ नि ‘ अर्थमन्त्री महतले भने ।

पश्चिमा देशमा आफू पढेर आएको उल्लख गर्दै अर्थमन्त्री महतले भने, ‘मैले देखको छु । पेपर लेस इकोनोमीमा भनिरहेको छ । हाम्रो चाहीँ कोठाको साइज बढाइरहेका छौं । पश्चिमा मुलुकमा सानो अफिसमा ठूला अफिसर बसिरहेको हुन्छ कम्युटर लिएर । हाम्रोमा पनि त्यस्तो सम्भावना छ ।’

सार्वजनिक खरिद ऐनमा समस्या रहेको उल्लेख गर्दै उनले त्यसमा रहेको अवरोध हटाउने पनि सरकारको योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?