+
+

चितवनको कृषि विश्वविद्यालयमा अखिल क्रान्तिकारीले लगायो ताला

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १६:२८

२८ वैशाख, चितवन। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । विभिन्न पाँच सुत्रिय माग पेश गदै क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका स्थानमा तालावन्दी गरेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, वन संकायहरूमा अपुग शिक्षक र भएका शिक्षकहरू पनि अध्ययन बिदामा रहेकाले केन्द्रिय कलेज रामपुरमा कम्तीमा एउटा विभागमा ५ नियमित शिक्षक हुनुपर्नेलगायतका राखेर विद्यार्थीहरुले तालावन्दी गरेका हुन् ।

२ महिना अगाडि नै माग राखेको तर हालसम्म सम्बोधन नभएकोले तालावन्दी गर्नुपरेको उनीहरुको दावी छ ।

विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले सम्भव हुने मागहरु पूरा गराउन विश्वविद्यालय तयार भएको तर तालाबन्दी नै गरेर समस्याको समाधान नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?