+
+
Shares

त्रिवि र कृषि विश्वविद्यालयबीच सम्पत्ति हस्तान्तरण प्रक्रिया अघि बढाइसकेका छौं : शिक्षामन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १२:२५

७ असार, चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कृषि तथा वन विज्ञान विश्वविद्यालय बीच सम्पत्ति हस्तान्तरणको प्रक्रिया अगाडि बढाइसकेको बताएका छन् ।

 कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज चितवनमा सम्बोधन गर्दै मन्त्री पोखरेलले सो जानकारी दिएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले भने, ‘लामो समयदेखि समाधान हुननसकेको सम्पत्ति हस्तान्तरणको प्रक्रियालाई पनि हामीले अगाडि बढाइ नै सकेका छौँ ।

सम्पत्ति हस्तान्तरणका लागि अन्य विश्वविद्यालयसँग सहकार्य र समन्वय हुनुपर्ने बताउँदै उनले भने, ‘त्यो पनि भइरहेको छ । चाँडै नै त्यो कुरा पूरा गराउन हामी प्रतिबद्ध रहेका छौँ ।’

उनले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई ‘सेन्ट्रल एक्सिलेन्स’ (उत्कृष्टताको केन्द्र) को रुपमा विकास गर्न प्रतिबद्ध  रहेको पनि बताए ।

गुणस्तरीय शिक्षा, अनुसन्धान पूर्वाधार, अन्तर्राष्ट्रिय सहकार्य, नवप्रवर्तन तथा उद्यमशीलताका लागि निरन्तर सहयोग गर्न पनि सरकार तयार रहेको मन्त्री पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?