+
+

निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, ५ करोडसम्मका सबै कर्जा पुनर्संरचना गर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १२:२७

२९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले निमार्ण व्यवसायीको कर्जालाई पुनर्संरचना/पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैकले वास्तविक क्षेत्रको कर्जा र अन्य क्षेत्रको ५ करोडसम्म कर्जालाई पुनर्संरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो ।

शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत होटल तथा रेष्टुरेन्ट, पशुपन्छी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गर्ने जनाएको छ ।

अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताको आधारमा उक्त कर्जालाई पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?