+
+

बहुपतिप्रथामा आधारित फिल्म ‘टुल्की’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १४:५३

काठमाडौं । बहुपतिप्रथाको कथावस्तुमा आधारित फिल्म ‘टुल्की’को ट्रेलर सार्वजनिक भएको छ । आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने फिल्मको दुई मिनेट लामो ट्रेलरमा यसको कथावस्तुलाई दर्शाउने प्रयत्न गरिएको छ । दाजुभाइको एउटै पत्नी हुँदा आउने द्वन्द्वको कथावस्तु यसमा चित्रण छ ।

‘द पाल्म गुप्र प्रालि’को ब्यानरमा निर्माण गरिएको फिल्मले हिमाली क्षेत्रमा चलनमा रहेको भनिएको बहुपतिप्रथाको कथावस्तुलाई पेश गर्छ । निर्माता शेखर लामाले सामाजिक यथार्थलाई फिल्मले चित्रण गर्ने दाबी गरे । डोल्पामा छायांकन गरिएको फिल्मलाई देव थापाले निर्देशन गरेका हुन् ।

शिशिर बाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ । फिल्ममा सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ । आरपी कर्माचार्य र उजेली लामाले फिल्म निर्माण गरेका हुन् । बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको फिल्मको पटकथा शेखर लामाले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?