+
+

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १६:४४

२९ वैशाख, काठमाडौं । पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको अन्तरिम जमानत दिएको छ ।

अलकादिर ट्रष्ट मामिलामा उनलाई नेशनल एकाउन्टिबिलिटी ब्युरो एनएबीले इस्लामावाद उच्च अदालतपरिसरबाट तीन दिनअघि पक्राउ गरेको थियो ।

तर पाकिस्तानको सर्वोच्च अदालतले उनलाई इस्लामावाद उच्च अदालतमा जान र अदालतको फैसला स्वीकार्न भनेको थियो  ।

जस अनुसार इस्लामावाद उच्च अदालतमा पुगेका उनलाई अन्तरिम जमानत मिलेको हो । अदालतले मे १७ तारिखसम्म कुनै पनि मुद्दामा इमरानलाई नपक्रन पनि आदेश दिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तान तहरिक ए इन्साफका अध्यक्षसमेत रहेका खानलाई पक्रेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?