
३० वैशाख, काठमाडौं । एमाले स्थायी कमिटी बैठक आज बिहान बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।
पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विषयमा छलफल गरी कार्ययोजना बनाउन बैठक बस्न लागेको हो ।
पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा वार्षिक कार्ययोजना बनाउनेबारे पनि छलफल हुने तय भएको छ ।
एमालेले आगामी निर्वाचनलाई लक्षित गरी अहिलेदेखि नै कार्ययोजना बनाएर अभियान चलाउने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4