
३१ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले गेटाफेलाई १-० ले पराजित गरेको छ ।
घरेलु मैदान रियललाई जिताउन मार्को असेसन्सिओले गोल गरे । जितपछि छिमेकी एट्लेटिको मड्रिडलाई पछि पार्दै रिषल दोस्रो स्थानमा उक्लेको छ ।
आउने बुधबार म्यानचेष्टर सिटी विरुद्ध च्याम्पियन लिग सेमिफाइनल दोस्रो लेग खेल्ने तयारीमा रहेको रियलले गेटाफे विरुद्ध ८ खेलाडी परिवर्तन गरेको हो ।
जसको अस रगेटाफेविरुद्धको खेलमा देखियो र असेन्सिओले ७०औं मिनेटमा गोल गर्दै रियललाई ३ अंक दिलाए ।
ला लिगामा रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ११ अंकले पछि छ । आइतबार डर्बीमा स्पानयोललाई पराजित गरेमा बार्सिलोनाले तीन खेल खेल अगावै लिग उपाधि जित्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4