+
+

मौद्रिक नीति समीक्षाले जगाएन सेयर लगानीकर्ताको आशा, १६.९६ अंकले घट्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १५:३२

३१ वैशाख, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लचिलो नीति लिएको थियो ।

तर, सेयर लगानीकर्ता तथा व्यवसायीले राख्दै आएको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा र जोखिम भार घटाउनुपर्ने माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाएका थिए । राष्ट्र बैंकले बैंकदर घटेर ब्याजदरको घट्दोदरलाई इंगित गरेपनि सेयर बजारसँग प्रत्यक्ष जोडिएको माग सम्बोधन नहुँदा सेयर लगानीकर्ताले त्यसलाई सकारात्मक रुपमा लिन नसकेको देखिन्छ ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १६.९६ अंकले गिरावट हुँदा १८२१.६४ अंकमा बन्द भएको छ । लगानी बाहेकका सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही बढेर ९० करोड नाघेको छ । गत बिहीबार करिब ५८ करोडको कारोबार भएको सेयर बजारमा आइतबार कारोबार रकम बढेको हो । २२ हजार ७२९ वटा कारोबारमा २७ लाख ८८ हजार ८१५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ९० करोड ६ लाखको कारोबार भएको हो ।

जसमध्ये नागरिक लगानी कोषको सर्वाधिक ५ करोड ३६ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ४ करोड ६० लाख र एनआईसी एशिया बैंकको ४ करोड ५८ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १६९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ। यस्तै ४० कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुादा २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको नागरिक लगानी कोषको सेयरमूल्य ३.९३ प्रतिशत र मिथिला लघुवित्तको सेयरमूल्य ३.८६ प्रतिशतले वृद्धि भएको छ ।

यता राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले गिरावट हुँदा दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ५.९२ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ५.७० प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?