+
+

नेफ्टा अवार्डको मनोनयन घोषणा, ‘छक्कापञ्जा ४’ सर्वाधिक १५ विधामा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १८:३३

काठमाडौं । ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा भएको छ । आइतबार सोल्टी होटलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गरे । यस संस्करणमा ‘छक्कापञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’को वर्चश्व देखिएको छ ।

‘छक्कापञ्जा ४’ उत्कृष्ट फिल्मसहितका १५ विधामा मनोनित हुँदा ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ समान ११/११ विधामा छानिएका छन् । ‘फूलबारी’ ९ विधामा मनोनित छ । समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले गणतन्त्रपछि नेपाली फिल्मले देश तथा विदेशमा फैलिने अवसर पाएको बताउँदै धर्मनिरपेक्षता, संघीयता र समावेशिताजस्ता संवैधानिक व्यवस्थाको प्रवद्र्धनमा पनि फिल्मले उल्लेखनीय योगदान दिएको चर्चा गरे ।

घरेलु फिल्मको ६ दशक लामो यात्रामा नेपाली फिल्मको बजार र दृश्यभाषाको गुणस्तरमा विकास भएको भन्दै उपराष्ट्रपति यादवले नेपाली फिल्मलाई अझै अन्तर्राष्ट्रियकरण गर्न नेफ्टाजस्ता अवार्डको भूमिका महत्वपूर्ण हुने बताए । नेपाललाई अन्तर्राष्ट्रिय छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्ने खाँचो औंल्याउँदै उनले यसका लागि सबैको सामूहिक प्रयत्न जरुरी हुने बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ फिल्मकर्मीहरु नीर शाह, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसालसहित फिल्म र संगीतकर्मी समारोहमा उपस्थित थिए । चलचित्र प्राविधिक संघका अध्यक्ष प्रेम बमजन (पुष्कर लामा)ले नेपाली फिल्मलाई विदेशी बजार र डायस्पोरामा फैलाउने मुख्य उद्देश्यले अवार्ड गर्न लागिएको बताए ।

अघिल्ला पाँच संस्करण विदेशी भूमिमा गरेको नेफ्टाले यो संस्करण चाहिं आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा गर्दैछ । फेम नेपाल, यूएस खबर, आर्यन फिल्म्सले अमेरिकी संस्करणको अवार्ड गर्न लागेका हुन् । यसपटक ३० भन्दा बढी फिल्मकर्मी अवार्डमा सहभागी हुन अमेरिका जाँदैछन् ।

तस्वीर : उद्धव रसाइली

यस्तो छ मनोनयन सूची :

सर्वश्रेष्ठ फिल्म

कबड्डी ४

छक्कापञ्जा ४

ऐना झ्यालको पुतली

द सेक्रेट्स अफ राधा

चिसो मान्छे

सर्वश्रेष्ठ निर्देशक

रामबाबु गुरुङ – कबड्डी ४

हेमराज बीसी – छक्कापञ्जा ४

सुवर्ण थापा – द सेक्रेट्स अफ राधा

दीपेन्द्र के खनाल – चिसो मान्छे

ज्ञानेन्द्र देउजा – झिंगेदाउ

सर्वश्रेष्ठ अभिनेता

विपिन कार्की – फूलबारी

दयाहाङ राई – कबड्डी ४

दीपकराज गिरी – छक्कापञ्जा ४

अनमोल केसी – ए मेरो हजुर ४

प्रदीप खड्का – प्रकाश

सर्वश्रेष्ठ अभिनेत्री

अरुणा कार्की – फूलबारी

स्वस्तिमा खड्का – चिसो मान्छे

मेनुका प्रधान – पानीफोटो

सृष्टि श्रेष्ठ – द सेक्रेट्स अफ राधा

मिरुना मगर – कबड्डी ४

सर्वश्रेष्ठ सहायक अभिनेता

रवि गिरी – ए मेरो हजुर ४

खगेन्द्र लामिछाने – द सेक्रेट्स अफ राधा

केदार घिमिरे – छक्कापञ्जा ४

सौगात मल्ल – कबडडी ४

दयाहाङ राई – फूलबारी

सर्वश्रेष्ठ सहायक अभिनेत्री

दीया मास्के – प्रकाश

हिउँवाला गौतम – झिंगेदाउ

सिरु विष्ट – ऐना झ्यालको पुतली

लक्ष्मी बर्देवा – प्रेमगीत ३

दीपाश्री निरौला – छक्कापञ्जा ४

सर्वश्रेष्ठ डेब्यु अभिनेता

सुशिल खड्का – नालापानी

कुशल विष्ट – झिंगेदाउ

निशान चौहान – डेसान

दिनेश खत्री – ऐना झ्यालको पुतली

राइडर प्रसन – प्रेमगञ्ज

सर्वश्रेष्ठ डेब्यु अभिनेत्री

कृष्टिना गुरुङ – प्रेमगीत ३

कञ्चन चिमरिया – ऐना झ्यालको पुतली

रक्षा बुढाथोकी – लाखे

सुप्रिया खनाल – प्रेमगञ्ज

गौमाया गुरुङ – कबड्डी ४

सर्वश्रेष्ठ रङ संयोजन

रजन राना – द सेक्रेट्स अफ राधा

राजेन्द्र मोक्तान – ऐना झ्यालको पुतली

राजेन्द्र मोक्तान – ए मेरो हजुर ४

कपिल पराजुली – छक्का पन्जा ४

अर्जुन कार्की – कबड्डी ४

सर्वश्रेष्ठ छायाकार

नरेन्द्र मैनाली – छक्कापञ्जा ४

सञ्जय लामा – ए मेरो हजुर ४

अमर महर्जन – ऐना झ्यालको पुतली

राजेश श्रेष्ठ – प्रकाश

नरेन्द्र मैनाली – द सेक्रेट्स अफ राधा

सर्वश्रेष्ठ सम्पादन

विपिन मल्ल – नालापानी

किरण श्रेष्ठ – ऐना झ्यालको पुतली

निमेष श्रेष्ठ – द सेक्रेट्स अफ राधा

निमेष श्रेष्ठ – छक्कापञ्जा ४

निमेष श्रेष्ठ – कबड्डी ४

सर्वश्रेष्ठ पटकथा

सुजित बिडारी – ऐना झ्यालको पुतली

सुवर्ण थापा – द सेक्रेट्स अफ राधा

रिमेश अधिकारी/कृष्ण आचार्य – नालापानी

रामबाबु गुरुङ/उपेन्द्र सुब्बा – कबड्डी ४

उपेन्द्र सुब्बा – फूलबारी

सर्वश्रेष्ठ पार्श्व ध्वनि

शैलेश श्रेष्ठ – ए मेरो हजुर ४

संगम पन्त – ऐना झ्यालको पुतली

सुजिल कर्माचार्य – छक्कापञ्जा ४

रोहित शाक्य/शैलेश श्रेष्ठ – छक्कापञ्जा ४

रोहित शाक्य/शैलेश श्रेष्ठ – फूलबारी

सर्वश्रेष्ठ ध्वनि मिश्रण

उत्तम न्यौपाने – फूलबारी

सुनयमान श्रेष्ठ – छक्कापञ्जा ४

अमित श्रेष्ठ – ए मेरो हजुर ४

उत्तम न्यौपाने – लाखे

अमित श्रेष्ठ – मन्त्र

सर्वश्रेष्ठ द्वन्द्व निर्देशक

रोशन श्रेष्ठ – नालापानी

रोशन श्रेष्ठ – झिंगेदाउ

हिमाल केसी – प्रेमगीत ३

सम्राट बस्नेत – लाखे

एनबी महर्जन/कुमार महर्जन – सोल अफ द कमाण्डो

सर्वश्रेष्ठ कला निर्देशक

आशिका शर्मा – प्रकाश

काला संग्रौला – ऐना झ्यालको पुतली

विनोद कडायत – प्रेमगीत ३

कृष्ण राई/उद्धवराज भट्टराई – नालापानी

पासाङ टी शर्मा – मन्त्र

सर्वश्रेष्ठ वेशभूषा

सुजनरत्न परियार – द सेक्रेट्स अफ राधा

विनिता कडायत – चिसो मान्छे

जानकी कडायत – ऐना झ्यालको पुतली

कमलप्रसाद मिश्र – नालापानी

सुनिता श्रेष्ठ – छक्कापञ्जा ४

सर्वश्रेष्ठ श्रृंगार र हेयर

शमशेर लामा/झरना राई – द सेक्रेट अफ राधा

शमशेर लामा – चिसो मान्छे

रवि केसी/निशा लामा – नालापानी

मनोज तामाङ/काव्या थापा – ए मेरो हजुर ४

श्रद्धा मास्के/सरस्वती श्रेष्ठ – छक्कापञ्जा ४

सर्वश्रेष्ठ नवनिर्देशक

सुजित बिडारी – ऐना झ्यालको पुतली

खगेन्द्र लामिछाने – पानीफोटो

शिवहरि पौडेल – लक्काजवान

परिच्छेद सेन – प्रेमगञ्ज

रिमेश अधिकारी – नालापानी

सर्वश्रेष्ठ भीएफएक्स

अच्युत गजुरेल – नालापानी

गड रेज पिक्चर्स – प्रेमगीत ३

द पिक स्टुडियो – झिंगेदाउ

समिर मिया – प्रेमगञ्ज

सत्यम राना/अच्युत बजगाईं – ए मेरो हजुर ४

सर्वश्रेष्ठ गीतकार

आमाको मन – प्रमोद ढुंगाना (झिंगेदाउ)

फेरी भेट होला नहोला- कृष्णहरि बराल (प्रेमगञ्ज)

आज युद्ध शिरमा छ – सुजिल कर्माचार्य (नालापानी)

सिरुपाते जुँगामा – शंकर अधिकारी घायल (छक्कापञ्जा ४)

उड उड चरी उड – कालीप्रसाद बाँस्कोटा (फूलबारी)

सर्वश्रेष्ठ संगीतकार

उड उड चरी उड – कालीप्रसाद बाँस्कोटा/अनुपम शर्मा (फूलबारी)

आँखामा सपना केसरी – एसडी योगी (कबड्डी ४)

सिरुपाते जुंगामा – बबुल गिरी (छक्कापञ्जा ४)

फेरि भेट होेला नहोला – गैरे सुरेश (प्रेमगञ्ज)

कुनै दिन यस्तो – अर्जुन पोखरेल (कृष्णलीला)

सर्वश्रेष्ठ गायन पुरुष

उड उड चरी उड – कालीप्रसाद बासकोटा (फूलबारी)

आँखामा सपना केसरी – एसडी योगी (कबड्डी ४)

सिरुपाते जुँगामा – बाबुल गिरी (छक्कापञ्जा ४)

बाबरी रंग – अनमोल गुरुङ (बाबरी)

कुनै दिन यस्तो – सुगम पोखरेल (कृष्णलीला)

सर्वश्रेष्ठ गायन महिला

कुनै दिन यस्तो – अञ्जु पन्त (कृष्णलीला)

फेरि भेट होला नहोला – स्वस्तिका ठकुरी (प्रेमगञ्ज)

बाबरी रंग – अस्मिता अधिकारी (बाबरी)

मीठो मीठो मनभित्र – देवाञ्जली बी जोशी (ह्यारीकी प्यारी)

हर युग होस् – प्रविशा अधिकारी (प्रेमगीत ३)

सर्वश्रेष्ठ नृत्य निर्देशक

दर्शन सलाम – कविराज गहतराज (छक्कापञ्जा ४)

माया जदौ – कविराज गहतराज (हिजोआजका कुरा)

मन त सधैं लक्का जवान – कविराज गहतराज (लक्का जवान)

आगोबिना बिंडी जल्दैन – रामजी लामिछाने (झिंगेदाउ)

हात्ती ढुंगामा – कविराज गहतराज (प्रेमगीत ३)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?