+
+

सुत्केरी मृत्यु प्रकरण : ४ दिनपछि परिवारले बुझे शव

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १९:४२

३१ वैशाख, दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सुत्केरीको शव चारदिन पछि परिवारले बुझेका छन् ।

आइतवार मृतक परिवार र प्रतिष्ठानबीच बसेको बैठकमा मृतकका सन्तानलाई निशुल्क स्वास्थ्य उपब्ध गराउँने र घटनाको छानबिन गर्ने सहमति भएपछि मृतक परिवारले आइतबार शव बुझेका हुन् ।

ब‌ैठकमा प्रतिष्ठानले मृतकका दुई सन्तानलाई १८ वर्षसम्म उपचार निःशुल्क गराउँने र निःशुल्क शिक्षाका लागि उपमहानगरसँग समन्वय गर्ने भएपछि सहमती भएको प्रतिष्ठानका प्रवक्ता झंकार लामिछानेले बताए ।

त्यस्तै बैठकमा घटनाको छानबिनका लागि समिति गठन गर्ने सहमती भएको प्रतिष्ठानका भएको छ । जसका लागि घोराही उपमहानगरपालिका न्यायिक समितिका संयोजक हुमा डिसीको संयोगजत्वमा पाँच सदस्यीय छानबिनका समिति गठन गरिएको छ।

बैठकमा प्रतिष्ठानका उपकुलपति विकास लामिछाने र रजिष्ट्रार प्रकाश थापा, मृतकका परिवार र राजनितिक दल सहभागी थिए।

घोराही उपमहानगरपालिका–८ की २८ वर्षिया मधु बुढाथोकीको सुत्केरी गराउने क्रममा गत बिहिवार प्रतिष्ठानमा मृत्यु भएको थियो । घटनापछि मृकत परिवारले घटनाको अनुसन्धान हुनुपर्ने र क्षतिपूर्ति पाउँनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?