+
+

शनिले तोड्यो बृहस्पतिको रेकर्ड, पुनः बन्यो सर्वाधिक उपग्रह भएको ग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १०:१९
शनि ग्रह

काठमाडौं । शनि ग्रह पुनः शौर्यमण्डलमा सबैभन्दा धेरै उपग्रह भएको ग्रह बनेको छ ।

गत फेब्रुअरीमा शनिको उक्त ताज बृहस्पतिले खोसेको थियो । त्यसबेला ९५ वटा उपग्रह सहित बृहस्पति सबैभन्दा धेरै उपग्रह भएको शौर्यमण्डलको ग्रह बनेको थियो । तर अब नयाँ ४५ वटा उपग्रहसहित बृहस्पतिसँग भएका उपग्रहको संख्या कूल १४५ पुगेको छ ।

गत फेब्रुअरी महिनामा बृहस्पतिको नजिक १२ वटा नयाँ उपग्रह फेला परेका थिए । त्योसँगै बृहस्पतिका उपग्रहको संख्या बढेर ९५ पुगेको थियो ।

तर अब १४५ उपग्रहसहित शनि ग्रह सर्वाधिक उपग्रह भएको ग्रह बनेको अन्तर्राष्ट्रिय खगोलविज्ञान संघले जनाएको छ ।

युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका खगोलविद प्राध्यापक ब्रेट ग्लेडम्यानले शनि ग्रह आफ्ना उपग्रहको संख्या दोब्बर बनाउन मात्र होइन शौर्यमण्डलको सर्वाधिक उपग्रह भएको ग्रह बन्न सफल भएको बताएका छन् । ६२ वटा नयाँ उपग्रह पत्ता लगाउने टिममा प्राध्यापक ब्रेट पनि सहभागी थिए ।

शनि ग्रहका पत्ता लागेका नयाँ उपग्रहको नामकरण छिटै गरिने प्राध्यापक ब्रेटले बताएका छन् । कतिपय उपग्रहलाई क्यानडाको इनउइट देवताहरुको नामबाट राखिनेछ भने कतिपयको नाम ग्यालिक तथा नर्स आदि राखिनेछ ।

कतिपय खगोलविदहरुले चाहिँ शनि ग्रहको वरिपरी पहिले कुनै ठूलो  उपग्रह रहेको हुनसक्ने र त्यो फुटेपछि यतिधेरै ससाना उपग्रहहरु बनेको हुनसक्ने अनुमान गरेका छन् । पछि यी सबै उपग्रहहरु शनिको कक्षमा फरक–फरक दिशामा फैलिएका हुन सक्दछन् ।

प्राध्यापक ब्रेटका अनुसार यदि राम्रोसँग अध्ययन गर्ने हो भने शनि ग्रहसँग बृहस्पतिको तुलनामा ३ गुणाभन्दा धेरै उपग्रह फेला पर्न सक्छन् । तर अहिलेसम्म सबैको गणना तथा खोज हुन सकेको छैन र खोजकार्य जारी रहेको छ ।

नासाका वैज्ञानिकहरुले सौर्यमण्डलका उपग्रहहरुको खोज गर्नका लागि हवाईस्थित क्यानडा—फ्रान्स—हवाई टेलिस्कोपको प्रयोग गरेका थिए । यो टेलिस्कोपद्वारा सन् २०१९ देखि २०२१ सम्म संकलन गरेका डाटाको आधारमा उपग्रहहरुको गणना गरिएको थियो । त्यसमध्ये कतिपयउपग्रहको आकार निकै सानो छ । कतिपय उपग्रहको व्यास साढे २ किलोमिटर रहेको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?