+
+

सारीमा हट साम्राज्ञी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १३:२५

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह फिल्मसँगै निजी जीवन, पहिरन र अन्य कारणले पनि चर्चामा आउँछिन् । गत वर्ष रिलिज भएका उनी अभिनित ‘तिम्रो मेरो साथ’ र ‘ह्यारीकी प्यारी’ले बक्स अफिसमा खास प्रदर्शन गर्न सकेनन् । तर पनि साम्राज्ञीको चर्चा भने चलिरह्यो ।

‘लण्डन टु पेरिस’ र ‘नांगो गाउँ’ लाइनअपमा छन् । ‘ड्रिम्स’ डेब्यु अभिनेत्रीलाई फेसन कन्सस पनि मानिन्छ । सन् २०१४ मा आयोजना भएको फेसन शो फेस अफ क्लासिक डायमण्ड ज्वेलरीबाट चर्चामा आएकी साम्राज्ञीले पहिलो फिल्मबाटै एक्सपोज प्राप्त गरिन् । अनमोल केसीसँग उनको अनस्क्रिन रोमान्सले चर्चा पायो ।

फेसन कन्सस मानिने साम्राज्ञी समय र मौसमअनुसारका कम्फर्टेबल लगाउँछिन् । उनलाई फेसनवृत्तमा पछ्याउने पनि धेरै छन् । उनले सन् २०२३ मा आफू मानसिक र आध्यात्मिक रुपमा बलियो बन्नेदेखि व्यक्तित्व विकासमा लागिपर्ने संकल्प लिएकी छन् । कोभिड महामारीको बेला उनले सौन्दर्य प्रशासन र पहिरनसम्बन्धी अनलाइन व्यवसाय पनि थालेकी थिइन् । सिंगल रिलेसनसिप स्टाटसमा रहेको बताउने साम्राज्ञी पछिल्लो समय फिल्मसँगै विज्ञापनलगायत व्यस्त छिन् ।

नयाँ तस्वीरमा साम्राज्ञीलाई हट एण्ड स्टाइलिस देख्न सकिन्छ । जारी जाडाले डिजाइन गरेको पर्पल कलरको सारीमा सजिएकी साम्राज्ञी कुल पनि देखिन्छिन् । प्रायः क्याजुअल र हट पहिरनमा देखिएकी उनको यो एथ्निक लुक्सले उनलाई ‘मच्योर्ड’ र नेपाली ‘कल्चरल लुक्स’ प्रदान गर्छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?