+
+

आईपीएल : ४१ वर्षको उमेरमा धोनीको सनसनी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १४:३३

२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको चार वर्षपछि महेन्द्र सिंह धोनीले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सका लागि आफूलाई तल्लो क्रमका ब्याटरको रुपमा सफलतापूर्वक पुनर्उत्थान गरेका छन् । ४१ वर्षीय सुपरस्टारका लागि यो उल्लेखनीय बदलाव हो ।

जव यो सिजनको आईपीएल सकिनेछ । उपाधि विजेता टिमलाई दिइने ट्रफीको नाम एमएस धोनी ट्रफी नामाकरण गरे हुन्छ । यदि यो प्रतियोगिता आयोजक र समर्थकका लागि पनि केहि प्रतीक छ भने ती धोनीमात्र हुन् । उनी सुरुवातदेखि अहिलेसम्म आईपीएलको प्रमुख ब्राण्ड हुन् ।

सन् २००८ को पहिलो संस्करणमा धोनी सबैभन्दा महंगा खेलाडी थिए । १५ वर्षपछि पनि उनी चेन्नाई सुपर किंग्सका लागि सबैभन्दा मूल्यावान खेलाडी हुन् । आईपीएल टी–२० फर्म्याटको फ्रेन्चाइज अवधारणामा सबैभन्दा राम्रो र रोमान्चक प्रतियोगिताका रुपमा स्थापित भइसकेको छ ।

दक्षिण भारतीय शहर चेन्नाईमा थुप्रै चलचित्रकर्मी र राजनेताले आफूलाई स्थापित गरेका छन् । लाखौं जनता उनीहरुको पूजा गर्छन् । उनीहरुको सफलतमा खुसियाली मनाउँछन् । आईपीएल आयोजना हुने केहि सातामा धोनी तीमध्ये सबैभन्दा अलग देखिन्छन् । चेन्नाई सुपर किंग्स (सीएसके) र धोनीका समर्थकबीचको लगाव खास छ । सीएसके समर्थकका लागि धोनी नै सबैथोक हुन् ।

छक्काको वर्षा गरी धोनीले आफ्ना समर्थकलाई खुसीको उपहार दिन्छन् । उनको नेतृत्व कौशल पनि दुर्लभ छ । यी अग्ला विकेटकिपर ब्याटर मैदानमा छन् त सीएसकेलाई हरेक खेलमा जितको आत्मविश्वास आउँछ ।

चार वर्षअघि धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । त्यसयता अहिलेसम्म आलोचक र समर्थकहरुको दिमाग यिनले कहिले सबै प्रकारको क्रिकेट छोड्छन् भन्नेमा केन्द्रित हुने गरेको छ । तर, धोनीको सोच अर्कै छ ।

उनी सीएसकेलाई अर्को एकपल्ट आईपीएल उपाधि जिताउन चाहन्छन् । यसै सिजन उपाधि जितेर मुम्बई इण्डियन्सको सर्वाधिक ५ उपाधिको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा समर्थकको आशा जगाउन लागिपरेका छन् ।

धोनी आईपीएलमा सबैभन्दा मौलिक कप्तानका रुपमा स्थापित भएका छन् । जो युवा र अक्सर आत्मविश्वास गुमाएका खेलाडीहरुप्रति लक्षित रहन्छन् । उनी जुलाईमा ४२ वर्ष लाग्नेछन् । र, सम्भवतः कप्तानी कौशलले टिममा स्थान बनाउन लायक छन् । धोनीसँग सामरिक तीक्ष्णतामात्र होइन युवा खेलाडीलाई सम्हाल्न पनि उत्तिकै निर्णायक क्षमता छ ।

यो सिजन उनले तल्लो क्रममा आठौं नम्बरमा ब्याटिङ गर्ने निर्णय गरेका छन् । धोनी घुँडाको चोटसँग संघर्ष गरिरहेका छन् । र, उनले आफ्ना खेलाडीलाई भनेका छन्, ‘मलाई धेरै नदौडाउनु ।’

उनले आफ्नो जिम्मेवारी पनि प्रष्ट पारेका छन्– डेथ ओभरमा ब्याटिङ गर्ने, ठूलो शट खेल्ने ।

उनको यही जिम्मेवारीले ठूलो प्रभाव पारेको छ । आईपीएलमा उनको स्ट्राइक रेट २०४ छ । उनले जम्मा ४७ बलको सामना गरेका छन् । १० छक्कासहित ९६ रन बनाएका छन् ।

आठौं नम्बरमा ब्याटिङ गरी दिल्ली क्यापिटल्सविरुद्ध ९ खेलमा २० रन बनाएका थिए । त्यो खेलमा सीएसकेले २७ रनको जित निकालेको थियो । उनले तीव्र बलर मार्क उडको सुरुवाती दुई बलमा लगातार दुई छक्का प्रहार गरे । छैटौं नम्बरमा ब्याटिङ गरी पञ्चाव किंग्सविरुद्ध चार खेलमा २ छक्कासहित १३ रन जोडे ।

मैले अहिलेसम्म क्रिकेटमा आठौं नम्बरको ब्याटरका लागि समर्थकको व्यग्र प्रतीक्षा यसअघि कहिल्यै देखेको थिइनँ । सीएसकेका ब्याटर रविन्द्र जडेजाले आफूलाई सातौं नम्बरमा क्रिजमा जान मन नलाग्ने बताएका थिए । किनभने चेन्नाइमा मात्र होइन अरु रंगशालामा पनि ‘धोनी… धोनी’को एकोहोरो नारा लगाइन्छ । भीडले विकेट छिटो झरोस र धोनी आउन् भन्ने चाहन्छन् ।

धोनीको यो प्रदर्शनले तीन नम्बरभन्दा तल ब्याटिङ गर्ने खेलाडीहरुका लागि एउटा सन्देश मिलेको छ । टी–२० क्रिकेटमा उनीहरुको प्रमुख जिम्मेवारी छक्का हान्ने नै हो, पारी टिकाउन लाग्ने होइन । ढल्कँदो उमेरका ब्याटरहरुका लागि पनि उनले सन्देश दिएका छन्, ‘टी–२० मा ठूलो शटबाट आफूलाई उपयोगी बनाउ ।’

रातो बलको क्रिकेटमा क्रिया उल्टो क्रममा सञ्चालन हुुन्छ । रोहन कन्हाई हुन् या सचिन तेन्दुलकर हुन् । जसले बललाई शानदार स्ट्राइकरका रुपमा सुरुवात गर्थे । उनीहरु स्ट्राइक परिवर्तन गरी खेल्थे । बाउन्ड्री हिटको सट्टा किफायती बन्थे ।

सेतो बलको क्रिकेटमा त्यो तरिका गलत हुन्छ । धोनी भन्ने गर्छन्, ‘९ बलमा २० रन बनाउनु भनेको ७० बलमा ५० रन बनाएभन्दा धेरै हो ।’

४१ वर्षको उमेरमा टी–२० मा धोनीले जसरी आत्मविश्वास र फिटनेस देखाइरहेका छन्, त्यो विश्व क्रिकेटमै विरलै पाइन्छ । क्रिकेटप्रतिको यस्तो प्यासन जसले जीवनमा आफूलाई प्रमाणित गर्न केहि बाँकी छैन ।

यतिका वर्षसम्म धोनीको दिमाग पढ्ने मान्छे कोही देखिएका छैनन् । पहिला रातो बल र त्यसपछि सेतो बलबाट सन्यास लिने निर्णयले सबैलाई आश्चर्यचकित पारिदिएको थियो । के यो आईपीएल उनको अन्तिम सिजन होला ? सायद वा सायद होइन ।

आईपीएलको ट्रफी उनको नाममा राख्नु उचित हुनेछ । किनभने उनकै टिम थियो जसले भारतलाई सन् २००७ को विश्वकप जिताएको थियो र आईपीएलको जन्म भएको थियो ।

– सचिव तेन्दुलकर र विसन बेदीका आत्मकथाका लेखकसमेत रहेका खेल लेखक सुरेश मेननको बीबीसीमा प्रकाशित लेखको भावानुवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?