+
+

कोभिड युनिफाइड अस्पताल खारेज

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते २०:३४

३ वैशाख, काठमाडौं । सरकारले कोभिड महामारीको अन्त्य सँगै कोभिड यूनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल हटाएको छ । यो सँगै अब वीर अस्पताल न्याम्स अन्तर्गतकै रुपमा चिनिनेछ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै कोभिड युनिफाइड अस्पताल रहने व्यवस्था हटाएका हुन् ।

सरकारले कोरोना बिरामीको उपचारको लागि लक्षित वीरको नयाँ भवनलाई कोभिड युनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाएको थियो ।

कोरोना महामारीको समय केन्द्रीय अस्पताल र प्रदेश अस्पतालहरु युनिफाइड अस्पतालको मातहतमा सञ्चालित थिए ।

कोभिड युनिफाइडको प्रमुख प्रसाशकीय अधिकृतमा डा. सन्तोष पौडेलले जिम्मेवारी पाएका थिए । यो सँगै अब डा. पौडेलको जिम्मेवारी वीरको निर्देशकको रुपमा मात्रै रहने छ ।

‘विश्व स्वास्थ्य संगठनले पनि कोभिड आपतकाल घोषणाको अन्त्य गरेको छ । नेपालमा पनि कोरोनाको संक्रमित कम भएसँगै अहिलेको कोभिड युनिफाइडको जिम्मेवारी दिएको अधिकारलाई हटाएका हौं’, मन्त्री बस्नेतले अनलाइनखबरसँग भने ।

२०७८ साल वैशाख २५ गतेको मन्त्रिपरिषदले वीरको नयाँ भवनलाई छुट्टै कोभिड युनिफाइड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८’ अनुसार कोभिड अस्पतालका रुपमा सञ्चालनमा ल्याइएको थियो । उक्त अध्यादेश अहिले निष्क्रिय भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?