 
																			४ जेठ, काठमाडौं । सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद सचिवालयमा बुझाएका प्रश्नहरु प्रतिनिधिसभा बैठक अगावै बाहिरिएकोमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले असन्तुष्टि जनाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधिसभा नियमावली अनुसार तीन दिन अगावै संघीय संसद सचिवालयमा दर्ता भएका प्रश्नहरु बिहीबार बिहानै सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए। प्रश्नहरु आउट भएकोमा सांसद पन्तले प्रतिनिधिसभा बैठकमै असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘यो प्रश्न कसले आउट गर्यो? अरु सांसदहरुको प्रश्न कसले आउट गर्यो ? यो संसदभित्र प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने विशेषाधिकार सांसदको मात्रै हो । सांसदले त्यो प्रश्न नसोध्दै ती प्रश्नहरु अखबार र सञ्चारमाध्यमहरुमा आउनु उपयुक्त हुँदैन।’
उनले प्रश्न कसले आउट गरेको हो भनी प्रश्न समेत गरे । उनले संसदभित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेषअधिकार सांसदहरुको मात्रै भएको उल्लेख गर्दै सांसदले प्रश्न नसोध्दै अखबार र सञ्चारमाध्यमहरुमा आउनु अनुपयुक्त भएको बताए ।
उनले भने, ‘मैले बुझेसम्म यस्ता विषयहरु संसदको, सांसदको विशेषाधिकारसँग सम्बन्धित कुरा हुन् । यो जहाँबाट गएको भए पनि म यसलाई ठूलो इस्यु बनाउन चाहन्नँ । तर आइन्दा यहाँ प्रश्न सोध्नुभन्दा अगाडि सांसदले सोधिने प्रश्नहरु आउट हुनुहुँदैन । हाईस्कुलको प्रश्न आउट भए पनि, कलेजको प्रश्न आउट भए पनि, संसदको प्रश्न आउट भए पनि त्यो राम्रो मानिंदैन।’
उनले आगामी दिनमा यसरी प्रश्नहरु आउट नगर्न ध्यानाकर्षण समेत गराए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4