+
+

ह्वावेको एसिया प्रशान्त साझेदार सम्मेलन : ६ नयाँ सहकार्य योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १७:००
डेभिड वाङ

काठमाडौं । ह्वावेले एसिया प्रशान्तका साझेदारहरुका लागि सम्मेलन आयोजना गरेको छ । दश देशका १ हजार २०० भन्दा बढी साझेदारहरुको सहभागिता रहेको सो कार्यक्रमको मुख्य उद्देश्य एसिया प्रशान्तमा प्रविधिको वृद्धि र विकास रहेको थियो ।

यस एसिया-प्रशान्तलाई लामो समयदेखि विश्वव्यापी आर्थिक वृद्धिको केन्द्र मानिंदै आएकोमा विश्वव्यापी डिजिटल अर्थतन्त्रमा सबैभन्दा सक्रिय क्षेत्रहरू मध्ये एक एसिया-प्रशान्त डिजिटलीकरण र नवप्रवर्तनमा पनि अग्रणी रहेको छ । एसिया-प्रशान्तमा मात्रै ७ हजार ९०० भन्दा बढी उद्यम साझेदारहरू र २ हजारभन्दा बढी क्लाउड साझेदारहरूलाई विभिन्न प्रोत्साहन प्याकेजहरुका साथै लगानीमा वृद्धि गरेर आफ्नो साझेदार सञ्जाललाई सुदृढ र सबल बनाउन ह्वावे प्रतिवद्ध रहेको जनाएको छ । नयाँ साझेदार कार्यक्रमहरुले ग्राहकहरुलाई प्रविधि अझै किफायती हुने, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र डिजिटल उत्पादकत्वमा वृद्धि ल्याउने विश्वास कम्पनीले लिएको छ।

कार्यक्रमको उद्घाटन समारोहमा ह्वावेले एसिया प्रशान्तका लागि ६ नयाँ सहकार्य योजनाहरु सार्वजनिक गरेको छ । यस कार्यक्रमले क्रमश: सरकार, वित्त, विद्युत, सडक, जलमार्ग र बन्दरगाह प्रत्येक लागि एक योजना साथै स्वतन्त्र सफ्टवेयर बिक्रेता (आईएसभी) र डाटा केन्द्र सुविधा समाधानका क्षेत्रहरूका लागि पनि प्याकेज ल्याएको छ । नयाँ सहकार्य योजनालाई अनुमोदन गरी औद्योगिक डिजिटल रुपान्तरणमा सम्पूर्ण साझेदारहरुले ह्वावेलाई साथ दिने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा ह्वावेका कार्यकारी निर्देशक, आईसीटी पूर्वाधार प्रबन्धन बोर्डका अध्यक्ष र इन्टरप्राइज बीजीका अध्यक्ष डेभिड वाङले “डिजिटल र बौद्धिक रूपान्तरणले विश्वभर फैलिने लहरहरू सिर्जना गरिरहेको, एक ट्रिलियन अमेरिकी डलरभन्दा बढीको बजार स्थान सिर्जना गर्ने सम्भावना बोकेको बताएका छन् ।

यी प्रचुर अवसरहरुको सदुपयोग गर्न साझेदारहरूसँग काम गर्न चाहने साथै एसिया-प्यासिफिक बजारका लागि, नेम्ड अकाउन्ट मार्केट, व्यावसायिक बजार र वितरण व्यवसाय नामक तीन प्रमुख साझेदार विकास रणनीतिहरू डिजाइन गरेको ह्वावेले जानकारी दिएको छ । विभिन्न आवश्यकताहरूलाई थप लक्षित ढंगमा सम्बोधन गर्ने, साझेदारहरुसँगको सहकार्यमा नेम्ड अकाउन्ट लाई डिजिटल बनाई साना तथा मझौला उद्यमहरुको डिजिटल रुपान्तरणलाई गति दिने र वितरण बजार विस्तार गर्ने उदेश्य रहेको बताए । उनले आफ्ना साझेदारहरु सफल भए मात्र सफल हुने ह्वावेको भनाइ छ ।

ह्वावे एपीएसी इन्टरप्राइज बिजनेस ग्रुपका अध्यक्ष निकोलास माले पनि एसिया-प्रशान्त क्षेत्रका लागि कम्पनीको पाँच वर्षको पूर्वानुमान प्रस्तुत गर्दै आफ्नो धारणा राखेका थिए । ह्वावेले आफ्नो आम्दानीमा साझेदारहरूबाट ९५ प्रतिशत योगदान पुर्याउने गरी आगामी वर्षहरूमा आफ्नो व्यवसाय द्रुत गतिमा बढ्ने अपेक्षाका साथ साझेदारहरूले ह्वावेका उत्पादन र सेवाहरू बिक्री गरी वार्षिक ८०० मिलियन अमेरिकी डलर आम्दानी गर्न सक्ने उनले बताए ।

ह्वावे इन्टरप्राइज बीजीका उपाध्यक्ष तथा इन्टरप्राइज मार्केटिङ एण्ड सोलुसन सेल्सका अध्यक्ष बब चेनले पनि आफ्नो धारणा राखेका थिए । उनले भने, ‘यदि कुनै कामदारले राम्रो काम गर्न चाहन्छ भने, उसले पहिले आफ्नो उपकरण तिखार्नुपर्छ।’

उनले नेम्ड अकाउन्ट बजारको लागि ह्वावेको रणनीति पनि रेखांकित गरे, जहाँ उनीहरूले उद्योग समाधानहरूलाई गहिरो, सुदृढ गर्न र विस्तार गर्न साझेदारहरूसँग काम गर्ने योजना बनाएका कुरा व्यक्त गरे। व्यापारिक बजारमा साझेदार-केन्द्रित रही थप बजार योग्य उत्पादनहरू, समाधानहरू र आईटी प्लेटफर्महरू निर्माण गरी वितरण व्यवसायका लागि ह्वावेले नयाँ उप-ब्रान्ड ह्वावे ई-किट अन्तर्गत उत्पादनहरू सिर्जना गर्ने र आइ टी प्लेटफर्महरू अप्टिमाइज गर्नुको साथै साझेदारहरूसँग मिलेर, एसिया-प्यासिफिकमा सरकार र उद्यम ग्राहकहरूको डिजिटल रूपान्तरणलाई गति दिने योजना प्रष्ट पारे।

ह्वावे क्लाउडका मार्केटिङका अध्यक्ष विलियम डोङ्गले ह्वावे क्लाउडको एक मिलियन भन्दा बढी साझेदारहरू विकास गर्ने, १० मिलियन भन्दा बढी विकासकर्ताहरूलाई जोड्ने र १० मिलियन उद्यम ग्राहकहरूलाई सेवा दिने लक्ष्य प्रस्तुत गरे ।

ह्वावे डिजिटल पावरका ग्लोबल मार्केटिङ, सेल्स र सर्भिसका अध्यक्ष चार्ल्स याङ्गले दिगो भविष्य सिर्जना गर्न वातावरण मैत्री विधिहरु प्रयोग गर्ने कुरा गरे। याङले आगामी तीन दशकलाई डिकार्बोनाइजेशन, डिजिटलाइजेसन र बौद्धिक रूपान्तरणले परिभाषित गर्ने बताए ।

कार्यक्रममा ‘कोल्याबोरेसन फर न्यू एरा अफ इनोभेसन एण्ड ग्रोथ’ नामक बहस सञ्चालन गरिएको थियो । सो बहसमा इन्फर्मा टेक/ओम्डियाका महाप्रबन्धक डेनीएल शेनले बहसको मध्यस्थकर्ताको भूमिका निर्वाह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?