+
+

मधेसको मुख्यमन्त्री छाड्न जसपालाई दबाव

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १९:४५

४ जेठ, काठमाडौं । सत्तारुढ दलहरुले मधेस प्रदेश सरकारको नेतृत्व छाड्न जनता समाजवादी पार्टी (जसपा)लाई दबाव दिएका छन् । यद्यपि शीर्ष नेताहरुको उपस्थितिमा भएको छलफलमा कुनै सहमति भने जुट्न सकेन ।

मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । सत्तारुढ ५ दलका नेताहरुका अनुसार १० वैशाखको उपचुनावअघि नेतृत्व परिर्वतनबारे सहमति भएको थियो ।

‘आज प्रधानमन्त्रीले स्पष्ट रुपमा भन्नुभयो कि ५ दलको बैठकमा उपचुनावपछि सरकारको नेतृत्व लोसपाले पाउँछ भनेर सहमति भएको थियो’, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश संसदीय दलका नेता अभीराम शर्मा भन्छन्, ‘प्रधानमन्त्रीले त्यसो भन्दा कसैले पनि होइन भन्नुभएन ।’

कांग्रेस र लोसपा दुबै दलले त्यो सहमति कार्यान्वयन गर्न जसपालाई दबाव दिँदै आएको छ । तर जसपा नेताहरुले भने मुख्यमन्त्री यादव नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने बताएको छ । बालुवाटार बैठकमा पनि जसपाले यही मत राखेको थियो ।

मधेस प्रदेशका नेताहरुको धारणा सुनेपछि शीर्ष नेताहरुको छुट्टै बैठक पनि बसेको थियो । तर सहमति हुन सकेन । सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भएपनि पहिलो को भन्ने सहमति नभएको भन्दै माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह भन्छन्, ‘भोलि बिहान १० बजे फेरि बैठक बोलाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?