 
																			५ जेठ, काठमाडौं । सरकारले सिंचाइका लागि विद्युत महसुलमा छुट दिने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रममा सिँचाइ सुविधा विस्तार गर्दै लैजाने र नदी डाइभर्सन परियोजनामार्फत सिँचाइ सुविधा दिने योजनाहरुलाई निरन्तरता दिने उल्लेख छ ।
नीति तथा कार्यक्रमले धादिङको सल्यानटारमा सिँचाइ सुविधा उपलब्ध गराउन प्रक्रिया अघि बढाउने घोषणा गरेको छ ।
साना किसानलाई निःशुल्क वाटरपम्प र ट्युबेल वितरण गर्नेदेखि तराइका नदीमा रिजर्भ्वायरहरु बनाएर हिउँदमा सुख्खा क्षेत्रमा सिँचाइ परियोजना बनाउन नमूना आयोजना विकास गर्ने घोषणा पनि राष्ट्रपति पौडेलले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4