+
+

पोल्याण्ड लैजाने भन्दै होटलमा बोलाए, २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ६ गते १८:५२

६ जेठ, काठमाडौं । रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा काठमाडौंमा दुई विदेशी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा रोजगारीको राम्रो अवसर रहेको भन्दै टिकटकमा विज्ञापन देखेपछि शनिबार काठमाडौंको मोरियट होटमा धेरै सर्वसाधारण अन्तर्वार्ताका लागि पुगेका थिए ।

तर अन्तर्वार्ता नलिएको भन्दै होटल परिसरमा होहल्ला भएपछि प्रहरी टोली पुगेको थियो । त्यसपछि दुई जना विदेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा एक जना पोल्याण्डका नागरिक र एक जना संयुक्त अरब इमिरेट्सका नागरिक रहेका छन् ।

यो घटना वैदेशिक रोजगारीसँग सम्बन्धित भएकाले वैदेशिक रोजगार विभागलाई जानकारी गराएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?