
७ जेठ, काठमाडौं । जर्मन बुण्डेसलिगामा साविक विजेता बायर्न म्युनिख अग्रता जोगाउन नसक्दा आरबी लाइपजिगसँग ३-१ ले पराजित भएको छ ।
शनिनबाररातिको यो हारले लगातार ११औं बुण्डेसलिगा जित्ने बायर्नको योजनामा धक्का लागेको छ ।
घरेलु मैदान एलिएन्ज एरेनामा सर्जी जीनाब्रीले २४औं मिनेटमा गोल गर्दै बायर्नलाई पहिले अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा लाइपजिगले पुनरागमन गर्दै तीन गोल फर्कायो ।
लाइपजिगका कोनराड लेमरले ६४औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि भने लाइपजिगले दुवै गोल पेनाल्टीमा गर्यो ।
क्रिस्टोफर एइनकुन्कुले ७६औं मिनेटमा पेनाल्टीमा गोल गरी लाइपजिगलाई २-१ को अग्रता दिलाए ।
८०औं मिनेटमा प्राप्त पेनाल्टीमा भने डोमिनिक सोबोजलाईले गोल गरे ।
लिगमा अब एक खेल बाँकी हुँदा बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा एक अंकले मात्र अघि छ । डर्टमण्डले भने दुई खेल खेल्न बाँकी छ ।
डर्टमण्डले आइतबार अग्सवर्गलाई पराजित गरेमा बायर्नलाई दुई अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने छ ।
सिजनको अन्तिम खेलमा बायर्नले एफसी कोल्नको भ्रमण गर्नेछ भने डर्टमण्डले मेइन्ज ०५ सँग खेल्नेछ । अन्तिम चरणको खेल मे २७ मा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4