+
+

आईपीएलमा ७ शतक हानेका विराट भन्छन् : मेरो टी-२० खेल खस्किएको छैन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १४:१५

८ जेठ, काठमाडौं । भारतीय क्रिकेटर विराट कोहली इन्डियन प्रिमियर लिग आईपीएलमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

यस सिजनको अन्तिम लिग खेलमा आइतबार गुजरात विरुद्ध जित्नै पर्ने खेलमा अविजित १०१ रन बनाएका रोयल च्यालेन्जर्स बेंगलोरका कोहलीले पूर्व टिममेट क्रिस गेललाई पछि पार्दै सातौं शतक प्रहार गरे ।

कोहलीले ६१ बलमा अविजित १०१ रन बनाएपछि बेंगलोरले १९७-५ रन बनाएको थियो । तर गुजरातले शुभमन गिलको शतकमा उक्त लक्ष्य ५ बल अगावै पूरा गरेपछि बैंगलोर लिग चरणबाटै आउट भयो ।

कोहलीले पहिलो इनिङ्सपछि रवि शास्त्रीसँग कुरा गर्दै आफ्नो टी-२० करियर नखस्किएको बताए ।

‘निश्चय नै मलाई उत्कृष्ट अनुभव भइको छ । धेरै मानिसले मेरो टी-२० क्रिकेट खस्किएको अनुभव गरेका छन् तर मलाई त्यस्तो लाग्दैनन् । म फेरि मेरो उत्कृष्ट टी-२० क्रिकेट खेलिरहेको अनुभव गरिरहेको छु,’ उनले भने, ‘म आफैँसँग रमाइरहेको छ । यो नै मैले टी-२० क्रिकेट खेल्ने शैली हो ।’

परिस्थितिको माग अनुसार खेलको परिस्थितिलाई पढ्नुपर्ने उनले बताए ।

कोहलीले जारी आईपीलएमा लगातार दुई खेलमा शतक प्रहार गरेका हुन् ।

उनी यस्तो उपलब्धि हासिल गर्ने शिखर धवन (२०२०) र जोस बटलर (२०२२) पछि तेस्रो खेलाडी बने ।

त्यही खेलमा शतक प्रहार गरेपछि गुजरातका गिल पनि यो सूचीमा थपिए ।

कोहलीले २०१६ को आईपीएलमा ४ शतक प्रहार गरेका थिए भने २०१९ मा १ शतक प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?