+
+

कक्षा १० मा सन्दुक रुइतको जीवनी पाठ्यक्रममा हटाएकोप्रति नेविसंघको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १७:२६

८ जेठ, काठमाडौं । आँखाका प्रख्यात डा. सन्दुक रुइतको जीवनी कक्षा १० को पाठ्यक्रमबाट हटाएकोप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।

संघका अध्यक्ष दुजाङ शेर्पाले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याललाई भेटेर विषयमा ध्यानाकर्षण गराएका हुन् ।

‘राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रख्यात व्यक्तित्व डा सन्दुक रुइतको जिवनी कक्षा १० को पाठ्यक्रमबाट किन हटाएको विषयमा महानिर्देशकसँग कुरा गरें,’ शेर्पाले भने ।

रुइतको जीवनी कक्षा ७ र ८ को पाठ्यक्रममा समावेश गरेको महानिर्देशक अर्यालले जानकारी दिएको शेर्पाले बताए ।

कक्षा ११ र १२ तथा अन्य तहको पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्ने विषयमा छलफल भइरहको महानिर्देशकाले जानकारी गराएको शेर्पाले बताए । संघले गत चैतमा नैतिक शिक्षा लगायत जीवन उपयोगी पाठ्यक्रम समावेश गर्न केन्द्रलाई ज्ञापनपत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?