+
+

काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १८:१६

८ जेठ, काठमाडौं । किर्गिस्तानलाई सोझो सेटमा हराउँदै काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालले पाहुना टोली किर्गिस्तानलाई २५-११, २५-१९ र २५-११को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो र दोस्रो सेटमा अग्रता कायम गर्दै जितेको नेपालले तेस्रो सेटमा नेपाल किर्गिस्तानसँग ६-४ ले पछि परेको थियो । तर खेलमा पुनरागमन गर्दै नेपालले तेस्रो सेट पनि जित्यो ।

आजको खेलमा ओपन स्पाइकरद्वय निरुता ठगुन्ना र उषा भण्डारीको जोडी चम्कियो ।

आजको खेलमा संगम महतो र रिमा कुँवरले राष्ट्रिय टिममा डेब्यु गरे ।

खेलमा संगम महतोले मिडल ब्लकरको रुपमा खेलिन् भने रिमा कुवँर अपोजिट स्पाइकर रुपमा खेलेकी हुन् ।

संगम पहिलो सेटमा नै परेदै डेब्यु गरिन् भने रिमाले प्रतिस्थापन हुँदै डेब्यु गरिन् । सफिया पुन र संगम महतो मिडल ब्लकरमा खेले । पुनम चन्द अलराउन्डरको भूमिकामा देखिइन् भने सेटर पोजिसन कप्तान अरुणा शाहीले सम्हालिन् ।

लिबेरोमा सलिना श्रेष्ठ रहिन् । आजको जितसँगै नेपालले ३ अंक बटुलेको छ । नेपालले दोस्रो खेल भोलि मंगलबार बंगलादेशसँग दिउँसो ३ बजे खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?