+
+

ओलीले भने : एमालेमाथि हुँडारको बथानले जस्तो आक्रमण भयो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १७:२३

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गरेका छन् ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी भेलामा उनले सरकारले विदेशीसँग एउटा कुरा र संसदमा अर्कै कुरा गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

‘अहिलेको सरकारको कुरा गरेर म समय खर्च गर्न चाहन्न । विदेशीहरुसँग अस्ति भन्दा एउटा कुरा गरेको छ,’ ओलीले भने, ‘पार्लियामेन्टमा राम्रो छ भनिएको छ । अव बजेट सरकारले कसरी ल्याउछ ? अनौठो स्थिति छ । बजेट कसरी ल्याउँछ ? बजेट बनाउन गाह्रो छ । किनभने सरकार चलाउने खर्च सरकारसँग छैन ।’

अध्यक्ष ओलीले मुलुकको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सर्तक भएर काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले हुँडारको बथानले आक्रमण गरेजसेर पार्टीमाथि चौतर्फी आक्रमण भएको तर आफूहरुले पार्टीलाई जोगाएर अघि बढाएको दाबी गरे ।

‘हुँडारका बथानले जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ । कसैले टाउकोतिर झम्टिन्छ । हीँहीँहीँ कराएको छ, झम्टिएको छ । टोकेको छ । जिउँदै खाएर सिध्याउन खोजेको छ,’ उनले भने, ‘त्यो विचित्रको स्थिति हामीले व्यहोर्नु पर्‍यो । त्यो स्थिति ब्यहोरेर, त्यसप्रतिकूल अवस्थाबाट यी दुई वर्षमा हामीले हाम्रो पार्टीलाई जोगाएका छौं ।’

पार्लियामेन्टमा पोशाक लगाएर आऊ भन्दा त्यसको विरोध र अवज्ञा गर्नुलाई बहादुरी ठान्ने अवस्था आउनु राम्रो नभएको ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?