+
+

काभा वुमन्स भलिबल : सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते २१:१५
सेमिफाइनलमा प्रवेश गरेको नेपाली महिला भलिबल टिम ।

९ जेठ, काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स महिला भलिबल च्यालेन्ज लिग २०२३ मा सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा मंगलबार भएको समूह्य बी को खेलमा उज्वेकिस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेपछि सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो ।

मंगलबार भएको खेलमा घरेलु टोली नेपाल र भारत समूह ए मा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरे । यस्तै समूह बी बाट काजकस्तान र उज्वेकिस्तानले पनि लगातार दुई खेल जित्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

मंगलबार नेपालले बंगलादेशलाई २५-१०, २५-८, २५-९ ले पराजित गर्दा भारतले कीर्गिस्तानलाई २५-१७, २५-८, २५-८ यस्तै समूह बी मा काजकस्तानले श्रीलंकालाई २५-१६, २८-२६, १८-२५, २९-२७ ले पराजित गर्‍यो । यस्तै उज्वेकिस्तानले माल्दिभ्सलाई  २५-१8, २५-१४, २५-४ ले हरायो ।

अब समूह ए अन्तर्गत बुधबार हुने नेपाल र भारत तथा समूह को काजकस्तान र उज्वेकिस्तानबीचको खेलबाट दुवै समूहको समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्नेछ ।

श्रीलंका, माल्दिभ्स, कीर्गिस्तान र बंगलादेश समूहमा लगातार दुई हारेपछि एक खेल अगावै बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?