+
+

पूर्वसभामुख सापकोटा नेतृत्वको टोलीलाई चिनियाँ प्राध्यापकको प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १०:५०
माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा । फाइल फोटो

१० जेठ, ल्हासा । माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली टोलीलाई चिनियाँ प्राध्यापकहरुले प्रशिक्षण दिएका छन् ।

१० दिने अध्ययन भ्रमणका लागि गत शुक्रबार चीन पुगेको सापकोटा नेतृत्वको टोलीलाई तिब्बतको ल्हासामा चिनियाँ प्राध्यापकहरुले गरिबी निवारण र आर्थिक विकाससँग सम्बन्धित विषयमा प्रशिक्षण दिएका हुन् । ‘तिब्बतको साझा समृद्धिका लागि लक्षित गरिबी निवारणको अभ्यास, उपलब्धि र अनुभवहरु’ विषयमा मंगलबार चिनियाँ प्राध्यापक र चिनियाँ कम्युनिस्ट पार्टीको स्कुल विभागका सदस्यहरुले प्रशिक्षण दिएको भ्रमण टोलीका सदस्य जीपी मैनालीले जानकारी दिए ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्नि सापकोटा सहित सचिवहरु गणेश शाह, हितमान शाक्य र डिलाराम आचार्य लगायत चीन भ्रमणमा छन् । नेपाली टोली अब चार दिन चीनको राजधानी बेइजिङ र मे २८ पछि तीन दिन हुबेइ प्रान्तका विभिन्न कार्यक्रमहरुमा सहभागी भएर स्वदेश फर्किने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?