+
+

मनकामनामा सुन्तलाको प्रतिमा निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १२:५९

१० जेठ, गोरखा । सुन्तलाको पकेट क्षेत्र मानिने शहीद लखन गाउँपालिका–२ मनकामनाको ढाँडवारीमा सुन्तलाको प्रतिमा निर्माण गरिएको छ । ६ लाख रुपैयाँको लागतमा गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइले प्रतिमा निर्माण गरेको हो ।

सुन्तला खेती प्रवर्द्धनसँगै सो क्षेत्रको व्यवसाय उत्थान गर्ने मुख्य उद्देश्य रहेको इकाइ अध्यक्ष हरि श्रेष्ठले बताए ।

‘सुन्तलाको पकेट क्षेत्रको रुपमा यो ठाउँ परिचित छ, तर पछिल्लो समय रोगका कारण यहाँका अधिकांश बोट मरेका छन्’, उनले भने, ‘किसानहरुलाई सुन्तला खेतीतर्फ उत्प्रेरित गर्न पनि यो प्रतिमा निर्माण गरेका हौं ।’

ढाँडबारीस्थित बसपार्कको बीच भागमा प्रतिमा निर्माण गरिएको छ । प्रतिमा निर्माण भएसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।

प्रतिमाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र शहीद लखन थापा गाउँपालिका–२ का अध्यक्ष सकुन थापा मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यस क्षेत्रका बासिन्दाको जीविकोपार्जनको मुख्य आधार सुन्तलाखेती हो । ढाँडबारीबाट मात्रै बार्षिक एक करोड रुपैयाँको सुन्तला बिक्री हुने गरेको छ । पछिल्लो समय विभिन्न रोगका कारण उत्पादनमा ह्रास आएको भन्दै उनीहरु चिन्तित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?